एमाले उपसचिवलाई ‘राखेप’को जिम्मेवारी

शकुन्तला नगरकोटी

शकुन्तला नगरकोटी

काठमाडौं, ३२ जेठ । नेपाली खेलकुदको इतिहासमा नै पहिलोपटक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को महिला सदस्य–सचिवका रुपमा सकुन्तला नगरकोटी नियुक्त भएकी छन् ।

विक्रम संवत २०३१ मा कञ्चनपुरको पुनर्वासमा जन्मिएकी नगरकोटी निमित्त सदस्य–सचिवका रुपमा राखेप इतिहासमा पहिलोपटक नियुक्त भएकी हुन् ।

नगरकोटीले आजै पदभार ग्रहण गरेकी छिन् । खेलकुद क्षेत्रको विकास र विस्तारका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

‘खेलकुदलाई माथि उठाउनका लागि खेलकर्मी, खेलसँग सम्बन्धित विभिन्न संघ संगठन, राजनीतिक दलका नेता सबै एकजुट भएर लाग्नुपर्छ’, सदस्य–सचिव नगरकोटीले भनिन् ।

उनले भूकम्पका कारण अस्तव्यस्त भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तोकिएको समय आगामी असार ५ गते नै सञ्चालन हुने प्रतिबद्धतासमेत बताइन् ।

सदस्य–सचिव नगरकोटी विक्रम संवत २०४६ मा कबड्डी र भलिबल खेलकी राष्ट्रिय खेलाडी थिइन् ।

२०५१ देखि खेलसँग सम्बन्धित विभिन्न खेलकुद संघमा पदाधिकारीका रुपमा रही काम गरेकी उनी हाल एमाले डडेल्धुराको उपसचिवसमेत छिन् ।

प्रतिक्रिया