विवेकसँग फिलिपिनी आइएम पराजित

chessकाठमाडौं, ३१ जेठ । सिंगापुरमा जारि एसियन उमेर समूह चेस प्रतियोगिताको शनिबार सातौँ र आठौँ चरणको खेल सकिँदा यु–१८ तर्फ रुपेश जैसवालले चार अंक र यु–२० तर्फ विवेक थिङले चार अंक प्राप्त गरेका छन् । २१०३ रेटेड विवेकले सातौँ चरणमा फिलिपिन्सका इन्टरनेसनल मास्टर(आइएम) ब्रेस्मिना पाउलोलाई पराजित गरेका थिए । सेतो गोटी लिएर शानदार सुरुआत गरेका विवेकले खेलको ११औँ चालमा पाउललाई दबाबमा राख्न सफल भए । जसको परिणाम स्वरूप विवेकले खेलको २३औँ चालमा नै जित हात पारे । त्यसैगरी रुपेश र भियतनामका फिडे मास्टर लु चाङ हङबीचको खेल ५३आँै चालमा बराबरीमा टुंगियो । लु प्रतियोगितामा अहिलेसम्म अग्रस्थानमा रहेका खेलाडी हुन् ।
त्यस्तै आठौँ चरणमा नेपाली खेलाडीको प्रदर्शन राम्रो रहेन । रुपेश भियतनामा २११३ रेटेड फिडे मास्टर निगुयेन खोईसँग २५औँ चालमा हारे भने विवेक पनि भियतनामकै १९९२ रेटेड भु गुयेनसँग पराजित भए । (सौस)

प्रतिक्रिया