काठमाडौं, ३१ जेठ । नेपालमा गएको विनाशकारी भूकम्पमा परी दिवंगत भएकाको सम्झना तथा भूकम्पपश्चात् उद्वार, राहत तथा पुनःस्थापनामा संलग्नहरूको सम्मानमा ३० जेठमा शनिबार ‘रन फर नेपाल’ कार्यक्रम आयोजना गरिएको छ ।
पाटन दरबार स्क्वायरबाट सुरु भएको पाँच किलोमिटर दौड काठमाडौं दरबार स्क्वायरमा आएर समापन गरिएको थियो । दौडमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य, नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याल, चर्चित गायक रामकृष्ण ढकाल, हास्यकलाकारहरू शिवहरि पौडेल, मनोज आचार्य, सुरेन्द्र केसी, ‘भद्रगोल’ टेलीशृंखलाका कलाकारसमूह, सभासद् श्यामकुमार श्रेष्ठ, पूर्वमन्त्री गणेश शाह, पूर्वमन्त्री कमल चौलागाईं, पेसाकर्मी, नागरिक समाज तथा सञ्चारकर्मीको उपस्थिति थियो ।
दौडमा सहभागी हुँदा लिइने दर्ता शुल्क तथा टी–सर्ट बिक्रीबाट उठ्ने रकम ‘नेपाल पुनर्निर्माण अभियान’ अन्तर्गत रामेछाप जिल्लामा लगाइनेछ । कार्यक्रममा पाँच सयभन्दा बढी व्यक्ति सहभागी थिए । दौडको आयोजना युवा सञ्जाल (काठमाडौं), द ह्वाइट जोन नेपाल (काठमाडौं) र शान्ति तथा विकासको लागि युवा साझेदारी ९थ्क्ए(ल्भउब०ि (रामेछाप)द्वारा संयुक्त रूपमा गरिएको हो ।
प्रतिक्रिया