काठमाडौं । शान्तिशिक्षा अभियान नेपालले कीर्तिमानी पौडी खेलाडी गौरीका सिंहलाई सद्भावना दूतमा मंगलबार नियुक्त गरेको छ ।
गौरीकाले गत वैशाखमा गएको भूकम्पले क्षतिग्रस्त बनाएको सामुदायिक विद्यालयहरूको पुनर्निर्माणका लागि संस्थाले सुरु गरेको कार्यमा सघाउने अभियानका अध्यक्ष रविन्द्र महर्जनले जानकारी गराए ।
त्यसै अवसरमा गौरीकाले सोमबार सम्पन्न २०औँ राष्ट्रिय खुला पौडी प्रतियोगितामा ६ कीर्तिमान बनाएवापत् पुरस्कार स्वरूप पाएको ३० हजार भूकम्पपीडितका लागि प्रदानगर्ने जानकारी दिइयो । त्यो रकममा गौरीकाका अभिभावकले पनि त्यत्ति नै रकम थप गरी जम्मा ६० हजार भूकम्पपीडितका लागि प्रदान गरिने बताइएको छ । (सौस)
प्रतिक्रिया