हिटिङ सिस्टमका लागि २५ हजार डलर

काठमाडौं । गत वैशाखको विनाशकारी भूकम्पले काठमाडौंलगायत विभिन्न स्थानका पौडी पोखरीलाई क्षति पुर्‍याएकोले प्रशिक्षणमा समेत बाधा पुर्‍याएकोले नेपाल पौडी संघले आप्नै सुविधा सम्पन्न हिटिङ सिस्टमसहितको ट्रेनिङ पुल निर्माण गर्ने योजनालाई अगाडि बढाउने अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना) ले नेपाल पौडी संघलाई २५ हजार अमेरिकी डलर प्रदान गर्ने भएको छ । नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, विभिन्न राष्ट्रका पौडी संघहरू, विभिन्न निजी संघ÷संस्थासँग सहकार्य एवं समन्वय गरी पौडी पोखरी निर्माण गर्ने जानकारी संघका अध्यक्ष अशोक वज्राचार्यले दिएका छन् । (सौस)

प्रतिक्रिया