गौरिकाको थप दुई राष्ट्रिय कीर्तिमान

Gauri-Singh-Sexy-Sport-Ladyकाठमाडौं । लन्डनमा बस्दै आएकी गौरीका सिंहले २० औँ राष्ट्रिय खुला पौडी प्रतियोगिताको खुला तथा उमेर समूहमा थप दुई राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
गौरिकाले प्रतियोगिताको अन्तिम दिन सोमबार २०० मिटर फ्री स्टाइल र १०० मिनेट ब्याक स्ट्रकमा कीर्तिमान बनाएकी हुन् । उनले २०० मिनेट फ्री स्टाइल २ मिनेट १९.७२ सेकेन्डमा पुरा गर्दै कीर्तिमानी स्वर्ण जितिन् । १०० मिनेट ब्याक स्ट्रक पूरा गर्न उनले १ मिनेट १३.१३ सेकेन्ड मात्र लगाइन् ।
यसअघि आइतबार गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टायल, १ सय मिटर ब्रेस्टस्ट्रोक र २ सय मिटर ब्याकस्ट्रोकमा कीर्तिमान बनाएकी थिइन् । फ्रिस्टायलमा गौरिकाले १ मिनेट ०३.९१ सेकेन्ड समय खर्चंदै २०१४ मा काठमाडौंमा भएको १९ औँ राष्ट्रिय पौडीमा सोफिया शाहले बनाएको १ मिनेट ०५.७८ सेकेन्डको कीर्तिमान भंग गरिन् ।
त्यस्तै, बे्रस्टस्ट्रोकमा गौरिकाले १ मिनेट २६.७२ सेकेन्ड समय लगाउँदै २००७ मा काठमाडौंमा भएको प्रमोद स्मृति पौडीमा विविधा रिमालले कायम गरेको १ मिनेट २७.५४ सेकेन्डको कीर्तिमान तोडिन् ।
गौरिकाले ब्याकस्ट्रोकमा २ मिनेट ३७.८७ सेकेन्ड समय खर्चंदै आफ्नै नाममा रहेको २ मिनेट ४८.१६ सेकेन्डको कीर्तिमानमा सुधार गरिन् । उनले यसै प्रतियोगिताको अघिल्लो संस्करणमा उक्त कीर्तिमान बनाएकी थिइन् ।
गौरीकाले पहिलो दिन तीन र दोस्रो दिन पनि ३ गरी ६ कीर्तिमान आफ्नो नाममा लेखाइन् । त्यस वापत गौरिकाले ३० हजार नगद पुरस्कार पाइन् । (सौस)

प्रतिक्रिया