मलेसियाको किनाबालु हिमालमा भूकम्प जाँदा एघारको मृत्यु

One Facebook user posted this picture, apparently showing her group strandedकुन्दासाङ (मलेसिया), २३ जेठ । मलेसियाको किनाबालु हिमालमा एक शक्तिशाली भूकम्प जाँदा कम्तीमा ११ व्यक्तिको मृत्यु भएको तथा अन्य आठ हराइरहेको जानकारी एक अधिकारीले शनिबार दिएका छन् ।

अधिकारीहरूले दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो हिमालमा खोजी कार्य गरिरहेको बताइएको छ ।

सुन्दर तथा लोकप्रिय पर्यटकीय हिमाल नजिकै शुक्रबार बिहान ६ सघनताको भूकम्प गएको थियो । यसका कारण ४,०९५ मिटर अग्लो हिमालबाट पहिरो गएको थियो ।

मलेसियाका बोर्नियो द्विपको साबाह राज्यका पर्यटन मन्त्री मसिदी मानजुनले मर्ने व्यक्तिको सङ्ख्या उल्लेख गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

उनले मर्ने व्यक्तिको पहिचान भइनसकेको बताए ।

मलेसियाको आमसञ्चारले यी व्यक्तिमा सिङ्गापुरको प्राथमिक विद्यालयको समूहका सदस्य पनि परेको र त्यसमा १२ वर्षीया एक बालिकाको मृत्यु भएको जानकारी दिएका छन् ।

भूकम्पले उक्त हिमाल चढ्ने मार्गलाई क्षति पुर्‍याएको थियो भने त्यहाँ १८ घण्टासम्म रहन बाध्य भएका १३७ आरोहीलाई उद्धारकर्ताले शनिबार बिहान उद्धार गरेको बताइएको छ ।

उक्त क्षेत्रमा ४.५ गहनताका साथमा अन्य परकम्प गइरहेको बताइएको छ भने उद्धारमा खटिएका व्यक्तिहरू उक्त क्षेत्रको किनारामै रहेको जानकारी दिइएको छ ।

मलेसियाली आमसञ्चारले भूकम्प आउँदा उक्त हिमालको चुचुरोमा पुगेका प्रायः मलेसियाली नागरिक भएको र उनीहरूको साथमा सिङ्गापुर, अमेरिका, फिलिपिन्स, बेलायत, थाइल्यान्ड, टर्की, चीन तथा जापानका नागरिक पनि रहेको जानकारी दिएका छन् ।

मर्नेमा मलेसियाली आरोहण गाइड पनि परेको स्थानीय आमसञ्चारले जानकारी दिएका छन् ।

प्रतिक्रिया