एएफसी यु–१६ र १९ को तालिका सार्वजनिक

U16_2016क्वालालम्पुर, २३ जेठ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले सन् २०१६ मा भारतमा हुने एएफसी यु–१६ र बहराइनमा हुने एएफसी यु–१९ च्याम्पियनसिप प्रतियोगिताको ड्र सार्वजनिक गरेको छ ।
एएफसीले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा सार्वजनिक गरेको ड्र अनुसार १६ वर्षमुनिको छनोट चरणमा नेपाल समूह ‘बी’मा परेको छ । नेपाल सम्मिलित समूहमा ओमान, जोर्डन र आयोजक किर्गिस्तान रहेका छन् । एएफसीका ४३ वटै सदस्य राष्ट्रलाई ११ समूहमा विभाजन गरिएको छ । समूह चरणका ११ विजेता टोली र दोस्रो स्थानका चार वटा उत्कृष्ट टोली तथा आयोजक भारत गरी १६ टिम अर्को चरणमा प्रवेश गर्नेछ । यु–१६ को छनोट खेल आगामी सेप्टेम्बर १२ देखि २० तारिखसम्म हुनेछ ।
यस्तै यु–१९ च्याम्पियनसिपमा भने नेपाल इरान, जोर्डन र कुवेत सम्मिलित समूह ‘इ’ मा परेको छ । एएफसीका ४३ वटै सदस्य राष्ट्रले भाग लिनेछन् । प्रतियोगिताको समूह चरणमा ४३ सदस्य राष्ट्रलाई १० समूहमा विभाजन गरिएको छ । एएफसीले फिफाको ¥याङकिङको आधारमा सार्वजनिक गरेकोे ड्र अनुसार समूह ‘ए’ मा उज्वेकिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटान छन् । समूह ‘बी’ मा यमन, साउदीअरब, तुर्केमिनिस्तान र सिरिया छन् । युएई, प्यालेस्टाइन, भारत र अफगानिस्तान समूह ‘सी’मा तथा कतार, ओमान, लेबनान र किर्गिस्तान समूह ‘डी’मा र समूह ‘एफ’मा इराक, बहराइन माल्दिभ्स र ताजिकिस्तान रहेका छन् । समूह चरणका १० विजेता टोली र दोस्रो स्थानका पाँच वटा उत्कृष्ट टोली तथा आयोजक बहराइन गरी १६ टिम अर्को चरणमा प्रवेश गर्नेछ । छनोट खेल आगामी सेप्टेम्बर २८ देखि अक्टोबर ६ तारिखसम्म हुनेछ । (एजेन्सी)

प्रतिक्रिया