मुवा थाईको निःशुल्क बक्सिङ

Boxingकाठमाडौं । नेपाल राष्ट्रिय मुवा थाई संघले चान्लाखेलमा विभिन्न विद्यालयका विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा तयार पार्न एक हप्तादेखि मुवा थाई बक्सिङ प्रशिक्षण गरेको छ ।
संघका अध्यक्ष एवं प्रशिक्षकसमेत रहेका गणेश कक्षपतिले विद्यालयका करिब ४० बालबालिकालाई मुवा सिकाउँदै आएका छन् । गत वैशाखमा आएको भूकम्पका कारण अझ पनि केही बालबालिका त्रसित छन् । ती बालबालिकालाई मनोरञ्जन दिने तथा मानसिक रूपमा बलियो बनाउन बक्सिङ सिकाइएको संघले जानाएको छ । संघका अध्यक्ष एवं प्रशिक्षक कक्षपतिले भने, ‘अझै पढ्ने वतावरण बनेको छैन, त्यसैले अर्को हप्तासम्म मनोरञ्जन दिलाउने उद्देश्यले बक्सिङ सिकाउँछौँ ।
यसअघि पनि मुवा थाई संघले भूकम्पप्रभावित विभिन्न ठाउँमा राहत तथा भत्किएको खेल संरचना सरसफाइसमेत गरेको थियो ।
मुवा थाई संघले यसअघि सन् २०१५ मा थाइल्यान्डमा भएको विश्व मुवा थाई च्याम्पियनसिपमा कास्य पदक जितेको थियो । (सौस)

प्रतिक्रिया