उद्घाटन खेलमा सोना रुपन्देही ११ विजयी

gold_cup[1]बुटवल । जिल्लाकै पुरानो एवं प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता सोमबार सुरु भएको छ । पाँच वर्षपछि १८औँ संस्करणमा तिलोत्तमा गोल्डकप प्रतियोगिता भएको हो ।
उद्घाटन खेलमा एन्फा एकेडेमीको मैदानमा भएको उद्घाटन खेलमा सोना रुपन्देही–११ ले कास्की–११ पोखरालाई टाइब्रेकरमा ४–२ ले हरायो ।
प्रतियोगिता २५ जेठसम्म हुनेछ । प्रतियोगितामा सोना रुपन्देही–११, कास्की–११, दाजिर्लिङ–११ भारत, नेपाल एपिएफ र नेपाल आर्मी क्लब सहभागी छन् । यसका साथै धरान फुटबल क्लब, नेपाल पुलिस क्लब र झापा–११ गरी कुल ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टोलीले तीन लाख ७५ तथा उपविजयी टोलीले दुई लाख ५० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै उत्कृष्ट पाँच जना खेलाडीले १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेेछन् । (सौस)

प्रतिक्रिया