भारतले फ्रान्सबाट छत्तीस राफेल युद्धक विमान खरिद गर्ने

FILES-INDIA-POLITICS-DEFENCEनयाँ दिल्ली, १८ जेठ । भारतले फ्रान्सबाट ३६ राफेल युद्धक विमान मात्र खरिद गर्ने प्रतिरक्षामन्त्री मनोहर परिकरले बताएका छन् ।

फ्रान्ससँग यस विषयमा सम्झौता हुन निकै समयअघिदेखि प्रयास भएको थियो र प्रतिरक्षामन्त्री परिकरले यो विमान निकै महङ्गो भएको बताएका छन् ।

फ्रान्सेली संस्था डासल्टसँग यसअघिको सरकारले १२६ युद्धक विमान खरिद गर्ने योजना बनाएको थियो । प्रतिरक्षामन्त्री परिकरले यस्तो योजना आर्थिक रूपमा उचित नभएको र आवश्यक पनि नभएको बताए ।

मन्त्री परिकरले भारतले ३६ विमान मात्र खरिद गर्ने र बाँकी खरिद नगर्ने बताए भनी प्रेस ट्रस्ट अफ इन्डियाले उल्लेख गरेको छ ।

अप्रिल महिनामा फ्रान्सको भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली ३६ तयारी विमान खरिद गर्न तयार भएको बताएका थिए ।

यो सम्झौताको लागत पाँच अर्ब युरो पर्ने अनुमान गरिएको छ ।

प्रतिरक्षामन्त्री परिकरले आफूले पनि बीएमडब्लु तथा मर्सिडिजको चाहना गरेको तर आफूले ती खरिद गर्न नसक्ने बताए ।

मन्त्री परिकरले यस विषयमा गठन भएको समितिले आफ्नो कार्य आउँदो दुई वा तीन महिनामा सम्पन्न गर्ने बताए ।

प्रतिक्रिया