कसमस कप जारी

Handballl_Photo[1]काठमाडौं । ‘भूकम्प प्रभावितका लागि ह्यान्डबल’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि पोखरामा सुरु कसमस कप अन्तर विद्यालय ह्यान्डबल प्रतियोगिताको छात्रातर्फ विद्यालयमा मनकामना बोर्डिङ स्कुल, सिर्जना उच्च मावि, पोखरा एकेडेमी, आदर्श उच्च मावि, गण्डकी उच्चमावि, लिटिल स्टेप उच्च मावि, ज्ञानज्योति उच्चमावि, र माउन्ट अन्नपूर्ण उच्चमावि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
क्वार्टरफाइनलमा प्रवेश गर्ने क्रममा मनकामनाले सिद्धि विनायकलाई ४–० ले, सिर्जनाले लेखनाथ मेमोरयिललाई १ –० ले, पोखरा एकेडेमीले गुरुकुललाई ४–३ ले, आदर्शले सोसल पब्लिकलाई ३­–१ले र गण्डकीले सैनिकलाई ८–० गोल अन्तरले पराजित गरेका थिए ।
यसैगरी, छात्रतर्फको खेलमा सैनिक आवासीय महाविद्यालय, सोसल पब्लिक, युनिभर्स बोर्डिङ स्कुल, माउन्ट अन्नपूर्ण उच्चमावि, ज्ञान ज्योति उच्चमावि, लिटिल स्टेप उच्चमावि, कास्की मोर्डनाइज्ड र जनप्रिय उच्चमावि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
क्वाटरफाइनलमा प्रवेश गर्ने क्रममा सैनिकले वेल नोन एकाडेमीलाई १०–३ ले, सोसल पब्लिकले एसओएसलाई ११ –३ ले र युनिभर्सले लेखनाथ मेमोरियललाई ७–० ले हराए । माउन्ट अन्नपूर्णले सिद्धि विनाएकलाई २२–१ले ज्ञानज्योतिले र राइजिङ स्टारलाई १३–२ को गोल अन्तरले पराजित गरेका छन् । गौरीशंकरले जनप्रियलाई वाक ओभर दिएको थियो । छात्रतर्फको खेलमा सर्वाधिक गोल माउन्ट अन्नपूर्णका मिलन पुनले ९ र महेन्द्र पुनले ८ गोल गरेका थिए ।
१८ जेठसम्म जारि रहने प्रतियोगितामा १८ विद्यालयका छात्रातर्फ १९ र छात्रतर्फ १८ गरी ३७ टिमको सहभागिता छ । प्रतियोगितामा विजयी हुने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाउने छ । प्रतियोगिता कास्की जिल्ला ह्यान्डबल संघको आयोजना कसमस इन्टरनेसनल कलेजको प्रायोजन तथा जिल्ला खेलकुद विकास समितिको तत्वाधान र विद्यालय ह्यान्डबल संघ कास्कीको सहयोगमा भएको हो । (सौस)

प्रतिक्रिया