हङकङबाट राहत

Hongkong Rahatकाठमाडौं । हङकङ नेप्लिज टेनिस सोसाइटी हङकङले नेपालका महाभूकम्पपीडितलाई सहयोग उपलब्ध गराएको छ ।
सिन्धुपाल्चोकमा २ सय परिवारलाई थाल, गिलास, कम्बल र लत्ताकपडा, ललितपुर लुभुका ६० र नुवाकोटका २२ परिवारलाई, चामल, दाल, तेल, नुन, साबुन, झुल, कम्बललगायत दैनिक उपभोग्य सामग्री राहतस्वरूप उपलब्ध गराइएको यस संस्थाका सचिव बज्रकुमार थुलुङ राईले जानकारी दिएका छन् ।
उनका अनुसार सिन्धुपाल्चोकको एक दलित बस्ती पुनर्वासका लागि एक लाख रूपैयाँ प्रदान गरिएको छ । त्यस्तै, अपांग तथा बालबच्चालाई ह्विल चेयर र लत्ताकपडासमेत उपलब्ध गराइएको छ । राहत वितरण कार्य जारी रहेको संस्थाका अध्यक्ष मगेन्द्र राईले बताए । उनका अनुसार जेठ २ गतेदेखि संस्थाका प्रतिनिधि राम (होम) नेपालको प्रत्यक्ष सहभागितामा राहत सहयोग हस्तान्तरण
भएको हो । (सौस)

प्रतिक्रिया