सहयोग आह्वान गर्दै क्यालिफोर्नियामा पदयात्रा

Carlifonia Carlifoniaaक्यालिफोर्निया । नेपालमा महाभूकम्पबाट पीडितका लागि सहयोग आह्वान गर्दै अमेरिकाको क्यालिफोर्नियामा शान्ति पदयात्रा आयोजना गरिएको छ ।

भगवान् गौतम बुद्धको २५५९औं जन्मजयन्तीका अवसरमा आयोजित पदयात्राका दौरान भूकम्पपीडितको सहयोगका लागि आव्हान गरिएको हो । नेपालको पुनर्निर्माणका विषयमा केन्द्रित पदयात्रामा आयोजक लुम्बिनी–कपिलवस्तु शान्ति अभियानले आर्थिक सहयोग गर्न अपिल गरेको थियो ।

महाभूकम्पसँग सम्बन्धित तस्बिर, अभिलेख तथा ब्यानर बोकेका पदयात्राका सहभागीले ‘हामी पुनर्निर्माण गर्नेछौं’ भन्ने नारा लगाएका थिए । बक्र्लीस्थित मार्टिन लुथर जुनियर सिभिक सेन्टर पार्कबाट सुरु भएको पदयात्रा बुद्ध स्थुपा परिक्रमापछि बक्र्ली डाउन टाउन हुँदै विभिन्न स्थान भएर डेढ घन्टापछि सभामा परिणत भएको थियो ।

कार्यक्रममा पूर्वगृह राज्यमन्त्री देवेन्द्र कँडेलले प्राकृतिक प्रकोपमा पीडित भएकाहरूको सहयोगार्थ सबै तत्पर हुनुपर्ने बताए ।

प्रतिक्रिया