नयाँदिल्लीमा देउताको च्यारिटी

Deutaकाठमाडौं । केही समयअघि भारतको राजधानी नयाँदिल्लीमा विशेष प्रदर्शन गरिएको फिल्म देउता पुनः जुन १४ अर्थात जेठ ३१ गते आइतबार नयाँदिल्लीकै गुणगाउँस्थित पायल सिनेमा हलमा विशेष प्रदर्शन हुने भएको छ ।
नेपालमा हालै गएको महाभूकम्पबाट पीडित बनेकाहरूको सहयोगार्थ फिल्मको विशेष प्रदर्शन गर्न लागिएको प्रस्तुतकर्ता पदम गाहाले बताए ।
फिल्ममा भोजपुरी गायक श्यामकुमार मिश्रसहित पुष्कर राउत, जोश्ना भट्ट, पदम गाहा, देशभक्त खनाल, मञ्जु श्रेष्ठ, सुरवीर पण्डित, बालदीप राईलगायतको अभिनय रहेको छ । फिल्मका निर्देशक रामभक्त श्रेष्ठ हुन् । (सौस)

प्रतिक्रिया