राहतमा क्षुद्र राजनीति

हर क्षेत्र, हर ठाउ र हर समयमा क्षुद्र पार्टी राजनीति घुसाउनबाहेक हामीले केही जानेकै रहेनछौ“ । हुदाहुदा भूकम्पले ल्याएको विनाशलाई पनि पार्टी राजनीतिको तुच्छ खेल खेल्ने मैदान बनाउन थालिसक्यौ । भूकम्पप्रभावित क्षेत्रमा राहत वितरणलगायत विषयमा अध्ययन, अनुगमन गर्न भनेर सरकारले काशीराज दाहालजीको अध्यक्षतामा बालानन्द शर्मा र केशव बरालसहितको अनुगमन समिति गठन गरेको थियो । केही दिनअघि समितिले प्रारम्भिक प्रतिवेदन बुझायो । प्रारम्भिक प्रतिवेदनमै ‘उच्च मानवीय संवेदनशीलता देखाउनुपर्ने अहिलेको समयमा कतिपयले राहतमै राजनीति गरेको पाइयो’ भनेर चिन्ता व्यक्त गरिएको छ । पहिलो चरणमा सिन्धुपाल्चोक, दोलखा र काभ्रे जिल्लामा अनुगमन सकेर त्यो प्रतिवेदन बुझाएका थिए । पुनःस्थापन र पुनर्निर्माणका काममा राजनीतिक खि“चातानी केन्द्रमा झन् घिनलाग्दो छ भनेर त्यो प्रतिवेदनले उल्लेख गरेको छैन । दैवीप्रकोप उद्धार, राहत र पुनःस्थापनाका लागि ऐन छ र ऐनले निर्माण गरेको संयन्त्र केन्द्रीय दैवीप्रकोप उद्धार तथा राहत समिति पनि साविकदेखि नै कार्यरत छ । त्यतिले नपुगेर प्रधानमन्त्रीकै संयोजकत्वमा राष्ट्रिय विपत् व्यवस्थापन परिषद् पनि छ । भइरहेकै संयन्त्रलाई क्रियाशील बनाएर बढीभन्दा बढी कार्यसम्पादन गराउनुपर्ने यो घडीमा ऐनले निर्माण गरेका संयन्त्रको सट्टामा आपू अनुकूलका संयन्त्र निर्माण गर्न केन्द्रमा होडबाजी चलिरहेछ । विपत् व्यवस्थापनका लागि स्रोत जुटाउन आफू खटिनुपर्ने तर कामचाहि गृहमन्त्रीको अगुवाइमा केन्द्रीय दैवीप्रकोप उद्धार तथा राहत समितिले गर्ने गरेको अर्थमन्त्रीलाई पटक्कै चित्त बुझेको छैन । उनको यही असन्तुष्टिलाई सम्बोधन गर्नकै लागि विद्यमान संयन्त्रहरूकै समानान्तर अर्थमन्त्रीको संयोजकत्वमा अर्को उच्चस्तरीय समिति गठन गर्न प्रम सुशील कोइरालाले तीन दिनअघि मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस गरेका थिए ।
काशीराज दाहालले राहतमा समेत पार्टीगत क्षुद्र राजनीति भइरहेको भनेर जुन चिन्ता व्यक्त गरेका छन्, त्यसको मुहान केन्द्रमै छ । जसरी सिंहदरबारका ट्वाइलेटदेखि निस्केका नालीले नदीनाला दुर्गन्धित हु“दै परपरसम्म फैलिएको छ, त्यसैगरी क्षुद्र राजनीतिको नाली पनि गाउ“, बस्ती, समाज, समुदायसम्म पुगेको छ । हामी सबैलाई थाहा छ, वैशाखमा आएको भूकम्पले सर्वाधिक प्रभाव सिन्धुपाल्चोकमा पारेको छ । बूढानीलकण्ठ स्कुलका पूर्वविद्यार्थीहरूको संगठन ‘सोसाइटी अफ एक्स बूढानीलकण्ठ स्टुडेन्ट्स’ले राहतका लागि दोस्रो चरणमा दुई हजार थान त्रिपाल र दुई हजार बोरा चामल लिएर गएको थियो । सभासद् मोहनबहादुर बस्नेतले राहत सामग्री कब्जा गरेर जबर्जस्ति बाह्रबिसे लान लागेपछि विद्यार्थीहरूले बस्नेतको आखा छलेर रातारात मेलम्ची पुर्‍याए र वितरण गरिदिए । त्यसअघि उद्योग वाणिज्य संघले वितरण गर्न लागेको राहतसामग्रीसमेत बस्नेतले कब्जा गरेर बाह्रबिसे लान खोजेका थिए । मोहनबहादुर बस्नेत उनै व्यक्तित्व हुन् जसले भक्तपुरको सरकारी ऐलानीपर्ती जग्गा कब्जा गरेर आफ्ना समर्थकलाई बसाउन खोजेका थिए । बस्नेत मात्र होइन, राष्ट्र भूकम्पले थिलथलो भइरहेको यो मौका छोपेर आफ्ना समर्थकलाई ठूलै लाभ दिलाउनका लागि मौकामा चौका हान्न अरू पनि पछाडि छैनन् । काठमाडौंकै पार्टी नेताहरूले आफ्ना समर्थकलाई नारायणटार पुलदेखि गोकर्णसम्म बागमतीको दुबै किनारामा रातारात बस्ती बसाइरहेका छन् । एउटा पार्टीको नेताले आफ्ना मान्छे राखेपछि अरू पार्टीले समेत होडबाजी गर्दै एकै सातामा स्थायी रूपले नै बस्नेगरी सुविधायुक्त दुई सय जति टहराहरू बनिसकेका छन्, र बन्दै छन् । सरकारी जग्गा हडप्न र राहतसामग्री कब्जा गर्न होडबाजी छ भने राहतसामग्री वितरण गर्दा पक्षपात त्यत्तिकै छ । गोरखा क्षेत्र नं २, छोप्राकमा पहुच हुनेहरूकहा खाताखात गइरहेको छ भने पहुच नभएकाहरू टुलुटुलु हेरेर बस्नुपर्ने स्थिति छ । हाम्रो पार्टीलाई भोट हाल्ने मान्छे हो वा होइन, त्यो हेरेर राहतसामग्री दिएको भन्ने चर्को गुनासो छ ।
आफ्नालाई मात्र काखी च्याप्ने, निमुखालाई पेल्ने र चरम पक्षपात गर्ने गरेकाले पार्टी नेताहरूप्रति जनतामा वितृष्णा चुलिएको छ । सभासद् रामकुमार राईले भने, ‘अनुगमनका लागि रामेछापका उत्तरी भेगका एक दर्जन गाविसमा गएका थियौ । त्यहा“का जनताले हामीलाई प्रेतात्मा भने । यत्रो महाविनाश र भयंकर विपत्तिमा समेत तपाईंहरू त्यही क्षुद्र पार्टी राजनीति मात्र गरिरहनुभएको छ । तपाईंहरूप्रति हाम्रो कुनै आशा–भरोसा छैन । तपाईंहरूको काजकिरिया गरिदिइसक्यौ । तपाईंहरू हाम्रा लागि प्रेतात्मा हुनुहुन्छ भने तर हामीले चित्त दुःखाएनौ । कतिपयले साच्चै चित्त काढिने व्यवहार गरेका छन् । त्यही पीडा ओकलेका हुन् ।’ सभासद रामकुमार राईले त जनताको भावना बुझे । त्यत्ति बुझ्ने अरू कति छन् ?

प्रतिक्रिया