काठमाडौं । नेपाल वादोरियो कराते डो संघले सिप्रदी ट्रेडिङको सहयोगमा भूकम्पपीडित यातायात सम्बद्ध मज्दुर, कर्मचारी, व्यवसायीलगायतलाई राहत सामग्री बिहीबार वितरण गरेको छ । चामल १ बोरा, त्रिपाल १ थान, कम्बल १ थान र चाउचाउ १ कार्टुनका दरले ५६ परिवारलाई राहत वितरण गरिएको थियो ।
वादोरियो कराते प्रमुख प्रशिक्षक एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, कान्तिपुर यातायात व्यवसायी संघका उपाध्यक्ष नानीकाजी डंगोल (नागे), सिप्रदीका व्यवस्थापक इन्द्र पोखरेल, दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपका स्वर्णधारी सिमोन खत्रीलगायतले राहत वितरण गरेका थिए । त्यस्तै, कान्तिपुर यातायातले यातायतसँग सम्बन्धित १५ भूकम्पपीडित परिवारलाई आर्थिक सहयोगसमेत प्रदान गरेको केसीले जनाएका छन् ।
प्रतिक्रिया