विजेश्वरी र च्यानबारा नेपालको सक्रियता

chanbara-1काठमाडौं । स्वयम्भूको विजेश्वरी यूवा क्लब र स्पोट्स च्यानबारा नेपालले भूकम्पका कारण क्षतिग्रस्त क्षेत्र काठमाडौंबाट नजिक रहेका नागर्जुन नगरपालिकाको मजुवामा राहत सामग्री प्रदान गरेको छ । क्लब अध्यक्ष तथा र स्पोट्स च्यानबाराका उपाध्यक्ष वीरबहादुर तामाङ र कोषाध्यक्ष केशवराज अधिकारीलगायतको सहयोगमा भूकम्पबाट प्रभावित त्यस क्षेत्रमा राहत वितरण भयो । ७३ घरलाई एक बोरा चामल र एक लिटर तेललगायत दैनिक आवश्यकीय सामग्री प्रदान गरेको थियो ।
त्यस्तै, खाद्यान्न सामग्री नपुग भएको घरमा प्रतिव्यक्ति पाँच सयका दरले १० घरलाई आर्थिक सहयोग गरेको अध्यक्ष वीरबहादुर तामाङले बताए ।
च्यानबाराका उपाध्यक्ष केशवराज अधिकारीको नेतृत्वमा करिब ४० जना स्वयंसेवक त्यस क्षेत्रमा पुगेका थिए । त्यसैगरी, डा. प्रकाश कार्कीको नेतृत्वमा अमेरिकाको चिकित्सक टोलीले त्यस क्षेत्रमा बिरामी परेका भूकम्पपीडितलाई औषधि उपचारसमेत गरेका थिए ।
च्यानबाराका कोषाध्यक्ष केशवराज अधिकारीले भूकम्पबाट क्षतिग्रस्त भई राहत सामग्री नपुगेका अन्य क्षेत्रमा सहयोग गर्ने बताए ।
अध्यक्ष तामाङले सबैले आफ्नो ठाउँबाट जतिसक्दो सहयोग गरे विदेशीको आश्रय लिनुनपर्ने बताए । (सौस)

प्रतिक्रिया