एनटिएद्वारा सुकुम्बासीलाई राहत

mulpaniकाठमाडौं । भूकम्पका कारण निर्माणाधीन मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आश्रय लिइरहेका १५ सुकुम्बासी घरधुरीलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले सोमबार राहत सामग्री
वितरण गरेको छ ।
क्याथे प्यासिफिक एयरलाइन्सकी क्याबिन क्रु सदस्य रिमा प्रधानले उपलब्ध गराएको आठ बोरा चामल, नुन र तेल १५–१५ प्याकेट र त्रिपाल १५ थान गरी करिब ५० हजार रुपैयाँको राहत सामग्री वितरण गरिएको एनटीएका अध्यक्ष एवं तेक्वान्दो खेलाडी अशोक खड्काले जनाएका छन् । कागेश्वरी मनहरा नगरपालिका वडा नं. ९ मूलपानी सुकुम्बासी टोलका पीडितलाई उक्त राहत वितरण गरिएको हो । अशोक र रिमासहित मिसेस नेपाल रजनी थापा, व्यवसायी निराजन सिंह, एनटीएका महासचिव तीर्थराज घिमिरे, संयुक्ती थापा, राष्ट्रिय तेक्वान्दो खेलाडी रोहित तामाङलगायतका खेलाडीले राहत वितरण गरे ।
सोही अवसरमा भूकम्पबाट अतिप्रभावित क्षेत्रका परिवारको पहिचान गरी तत्कालका लागि १५ वटा अस्थायी घर बनाइदिने घोषणा पनि गरिएको एनटीए अध्यक्ष अशोकले जनाएका छन् । (सौस)

प्रतिक्रिया