लोकतन्त्रको जग भत्काएर

हामी लोकतान्त्रिक राज्यव्यवस्था र संसदीय राजनीतिक प्रणालीको अभ्यास गरिरहेका छौ कि छैनौ“ ? छौ“ भने संसदीय राजनीतिक प्रणालीमा प्रतिपक्षीको झनै बढी महत्व हुन्छ । सत्ताधारीले आफ्नो कुत्सित स्वार्थपूर्तिका लागि ढाटछल गरेर राष्ट्र र जनतालाई असर पर्ने काम ग-यो भने प्रतिपक्षीले तुरुन्त आवाज उठाउछ, जसले गर्दा शासन ‘चेक एन्ड ब्यालेन्स’ मा चल्छ भनेर विश्वास गरिन्छ । सरकारले गरेका हरेक काम कारबाहीलाई सर्वसाधारणले सधै“ नियाल्न, कोट्याउन र विश्लेषण गर्न सबैको क्षमता नहुन सक्छ र भए पनि नभ्याउन सक्छ । प्रतिपक्षी भनेको ‘वेटिङ इन गभर्नमेन्ट’ भएकाले सरकारका काम कारबाहीको सटिक मूल्यांकन उसले गर्न सक्छ र गर्नु पनि पर्छ । सरकारले गरेका गलत काम र उसका कमिकमजोरीका विषयमा आवाज उठाएर र त्यसलाई सच्याउन लगाएर ‘पोलिटिकल बेनेफिट’ लिने भएकाले प्रतिपक्ष यसमा निकै चनाखो हुन्छ । कोही पनि एकलौटी ढंगले नचलून् भनेरै शक्ति पृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्तको जगमा लोकतान्त्रिक राज्य व्यवस्था उभिएको हुन्छ । आफ्ना स्वार्थ र गलत कामरबाहीले गर्दा सरकारप्रति जनताको आस्था र विश्वास भत्क“दै गयो भने जनता स्वतः प्रतिपक्षप्रति आकर्षित हुन्छन् । प्रतिपक्ष आफ्नो जिम्मेवारी, दायित्व, भूमिका र कर्तव्यप्रति सचेत भएर काम गरिरहेको छ भने जनताले समर्थन ओइ-याइदिन्छन् । जिम्मेवारीबोधसहितको प्रतिपक्ष हो भने सरकारले जति गलत काम गर्छ त्यसबाट प्रतिपक्षले त्यति नै फाइदा लिन्छ ।
दुःखद् विडम्बना के भयो भने हाम्रो देशमा सरकारको छवि जति धुमिल हु“दै गएको छ त्योभन्दा चौगुणा प्रतिपक्षीहरू जनताको नजरबाट गिरेका छन् । त्यति मात्र होइन, नागरिक समाजहरू झन् हराउ“दै गएका छन् । अहिले नेपालमा मिडियाबाहेक जनताको आवाज बोलिदिने कोही छैन ।
लोभलालच नभएको व्यक्तिले सरकारको नेतृत्व ग-यो, अब सुशासन हुने भयो भनेर सोच्नु मूर्खता हु“दोरहेछ भन्ने उदाहरण सुशील कोइराला बनेका छन् । राष्ट्र हा“क्ने नेतास“ग भिजन हुनुपर्दो रहेछ र स“गस“गै सबैलाई समेट्ने, परिचालन गर्ने र व्यवस्थित गर्ने योग्यता अनि क्षमता पनि हुनपर्ने रहेछ । नेता यस्तो हुनुपर्ने रहेछ जसले विश्वास आर्जन गरोस्, सबैलाइ उत्साहित पारोस्, जगाओस् र जुटाओस् । यस हिसाबले हेर्दा वर्तमान सरकारको नेतृत्वमा यी गुण नहुन सक्छन् । तर, के प्रतिपक्षस“ग यी गुण छन् त ? जनपरीक्षामा यी प्रतिपक्षीले पासमार्क पाउने सम्भावना पनि छैन । अपेक्षित क्षमता नभए पनि यो निर्वाचित सरकार हो । निर्वाचित सरकार भएकाले वैध सरकार पनि यही हो । विधिपूर्वक बनेको सरकारलाई यताउता सारेर वा फालेर अनेकौ“ शक्तिकेन्द्र र स्वार्थकेन्द्रबाट जोरजम्मा गरी सरकार बनाउने हो भने यसले वैधता त पाउ“दैन नै, जनविश्वास पनि आर्जन गर्न सक्दैन । राष्ट्रिय सरकार वा राष्ट्रिय एकताको सरकार भनेर सुन्दर–सुन्दर नामावलीले विभूषित गरे पनि सरकार नबन्दै जनस्तरबाट नकारात्मक टिप्पणि सुरु भइसकेको छ । पुनस्र्थापन र पुनर्निर्माणको नाममा ठूलो धनराशी ओइरि“दै छ र बजेटमा आफ्नो हिस्सेदारी कायम गर्नका लागि प्रतिपक्षीहरू मरिहत्ते गरिरहेछन् भन्ने व्यापक प्रतिक्रिया व्यक्त भइरहेका छन् । यस्तै प्रतिक्रियाले सामाजिक सञ्जालहरू भरिएका छन् । प्रतिपक्षले त आफ्नो प्रतिपक्षी धर्म छाडेर सत्ताका लागि मरिहत्ते ग¥यो रे । जनताको नजरबाट झन्–झन् गिर्दै गएकाले र पुनः सत्तामा पुग्ने सम्भावना क्षीण हु“दै गएकाले भूकम्पले ल्याइदिएको यो अवसर छोप्न उनीहरूले हत्ते हाल्नु र दाम्लो चु“डाउनु उनीहरूको हकमा जरुरी पनि होला । तर, आफूलाई लोकतन्त्रको एक नम्बर प्रवद्र्धक भनेर दाबी गर्ने नेपाली कांग्रेसले प्रतिपक्षलाई ‘भाग शान्ति जय नेपाल’ मा सामेल गराउन पाए प्रतिपक्षीविहीन र आलोचना–टिप्पणिविहीन निष्कंटक शासन चलाउन पाइन्थ्यो भनेर सोच्नु र यति तल गिर्नु नेपाल राष्ट्रको दुर्भाग्य हो ।

प्रतिक्रिया