बेमौसमी राग

एक महिना अघिसम्म कसरी जिडिपी (कूल गार्हस्थ उत्पादन) बढाएर नेपाललाई अविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा पुर्‍याउने भन्ने विषयमा छलफल हुन थालेको थियो र यो छलफलले राष्ट्रिय बहसको स्वरूप ग्रहण गरेको थियो । कठीन र चुनौतिपूर्ण भए पनि समस्यासग जुद्धै, कठिनाइ पार गर्दै र चुनौतिको सामना गर्दै सन् २०२२ सम्ममा विकासशील राष्ट्रको पंक्तिमा उभिने धोको पालेको थियो । यो बहस चलिरहदा पर्यटन, रेमिट्यान्स र कृषिमा आधारित नेपालको कूल गार्हस्थ उत्पादन १९ अर्ब डलर मात्र थियो । बेरोजगारी दर ४० प्रतिशत थियो । अर्थतन्त्र तंग्रेर आर्थिक वृद्धिदर भर्खर ५ प्रतिशतको हाराहारीमा पुगेको थियो । कठीन भए पनि अठोट र संकल्प गरेर विकास, प्रगति र समृद्धिपथमा अघि लम्कनखोजेको नेपालको लागि यो भूकम्पले क्षति मात्र पुर्‍याएको छैन, ढाडै भा“चिदिएको छ । यसले पर्यटन व्यवसायलाई सर्वाधिक क्षति पुर्‍याएको छ । नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायले ८ प्रतिशत योगदान दिइराखेको छ । भूकम्पले रेमिट्यान्सलाई त्यति धक्का नदिए पनि कृषि क्षेत्रलाई असर पुर्‍याएको छ । सिंचाइका लागि चाहिने कुलो, खेतखलिहान भत्किएका छन् । चौपायाहरू नष्ट भएका छन् । पहाडहरूमा धाजा फाटेको र चट्टानहरू चर्केकाले साउन–भदौमा पहिरो जाने, खोलानदीहरू थुनिने र राजमार्गहरू अवरुद्ध हुनेछ । त्यो बाढीपहिरोले तराईमा समेत असर पु¥याउने छ । गत वर्ष सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले भन्दा दसौं गुणा बढी विपत्ति आउने सम्भावना टड्कारो छ । त्यसबाहेक जलविद्युत्, राजमार्ग र सिंचाइका आधारभूत संरचनाहरू भत्किएका छन् । तर, उत्साहप्रद कुरा के छ भने नेपालीको मनोवल पटक्कै गिरेको छैन । नेपालीहरू झन् चौगुणा उत्साह र दृढ विश्वासका साथ पुनर्निर्माण र राष्ट्र«निर्माणमा जुटिसकेका छन् । शोकलाई शक्तिमा बदलेका छन् र संकटपछिको अवसर ठहर गरेका छन् । विडम्बना के छ भने यस्तो राष्ट्रिय संकट र महाविपत्तिलाई हाम्रा रजनीतिक नेताहरूले सत्ता प्राप्तिको अवसर ठानेका छन् । के अर्थ लगाइरहेका छन् भने यो संकटबाट पार पाउनका लागि राष्ट्रिय एकताको जरुरत छ र हामी सत्तामा नगई राष्ट्रिय एकता सम्भव छैन । उनीहरू यस्तो व्याख्या विश्लेषण गरिरहेका छन् कि, हामी सत्तामा गएको भोलिपल्टै राष्ट्रिय एकता भइहाल्छ, भूकम्पन रोकिन्छ, रातारात पुनर्निर्माण र राष्ट्रनिर्माण भइहाल्छ । अझ ललिपप कस्तोसम्म छ भने उनीहरूले सत्ता पाउनासाथ संविधान पनि निर्माण भइहाल्छ ।
नेपाल राष्ट्र शोकमा चुर्लुम्म डुबेको छ । जनता त्राहिमाम छन् । प्राण धान्न सकस परिरहेको छ । एक थान पालका लागि भौतारिइरहेका छन् । सबैतिर क्षतविक्षत छ । युद्धले जर्जर बनाएको भन्दा बढी हाहाकार स्थितिमा मुलुक छ । वैशाख १२ गतेदेखि गइरहेको भूकम्पलाई भूगर्भविद्हरूले समेत सामान्यभन्दा फरक ठानेका छन् । यसले छुट्टै, सुक्ष्म र गहिरो अध्ययन मात्र नभई सोध–अनुसन्धानको माग गरेको प्रस्टै छ । यसका लागि हिमालय पर्वतमालाका देशहरू र विकसित मुलुकका विज्ञहरूको संयुक्त प्रयास आवश्यक हुन्छ । भूकम्पनको चरित्र र कारण यकिन गरेर त्यहीअनुसार भू–उपयोग र संरचना निर्माणको निक्र्यौल गर्न जरुरी हुन्छ । यसबाट कसरी त्राण दिलाउने, पुनर्निर्माण गर्ने र राष्ट्रलाई पूर्ववत् अवस्थामा मात्र होइन विकासशील हु“दै विकसित राष्ट्रको पंक्तिमा पु¥याउने भनेर गम्भीर बहस चल्नुपर्ने बेलामा एकथरीको नजर अहिले पनि सत्तामै छ । अहिले भग्नावशेषबाट राष्ट्रलाई उठाउने कि सत्ताका लागि मरिहत्ते गर्ने ? यसले कस्तो सन्देश प्रवाह गर्छ ? उद्धार र राहतमा जुटेका र राष्ट्र पुनरुत्थानका लागि चिन्तन गरिरहेका जनसमुदाय र पीडामा छट्पटिइरहेका जनताले के सोच्लान् ?
यो परीक्षणको घडी पनि हो । को राष्ट्रप्रति समर्पित छ ? कसले राष्ट्रलाई सा“च्चै माया गरेको छ ? सत्तापक्षका होऊन्, प्रतिपक्षका होऊन् वा सर्वसाधारण नागरिक होऊन् सबैले आ–आफ्नो ठाउ“बाट राष्ट्र, देश र जनताका लागि अग्रसर भइहाल्ने, जुटिहाल्ने र खटिहाल्ने बेला हो, सत्ताको भाग खोजेर बस्ने र बेमौसमी राग अलापेर बस्ने बेला होइन ।

प्रतिक्रिया