काठमाडौं । जुडो खेललगायत विभिन्न गतिविधिबाट अनाथ एवं असाहय बालबालिकालाई पुनःस्थापना गर्न सहयोग गर्दै आएको बाल वातावरण केन्द्र नेपाल (सिडब्लुसिएन) पनि भूकम्पपीडितको सहयोगमा जुटेको छ ।
सिडब्लुसिएनले लियो क्लब अफ नवलपरासी, रामग्राम र युवा समाजसेवी किरण खड्गीले धादिङको गजुरीस्थित भदौरेका भूकम्पपीडित चेपाङबस्तीका बालबालिकालाई लक्षित गरी राहत सामग्री वितरण गरेको छ ।
७० घरधुरीलाई चामल, पाल, चुना, मन्जन, साबुन, चिउरा र झुल गरी करिब दुई लाख ५० हजार मूल्यको राहत वितरण गरिएको सिडब्लुसिएनका कोषाध्यक्ष एवं अन्तर्राष्ट्रिय जुडो निर्णायक धर्मकुमार श्रेष्ठले जनाएका छन् ।
श्रेष्ठसहित सिडब्लुसिएनका अध्यक्ष सुरेशप्रसाद लुईंटेललगायतले राहत वितरण गरेका थिए । (सौस)
प्रतिक्रिया