‘पारा तेक्वान्दो खेलाडीलाई प्रक्रियागत सहयोग गर्नेछौ’

janarjan-3काठमाडौं, २ जेठ । नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन केसीले भूकम्पका कारण समस्यामा रहेका आफ्ना पारा तेक्वान्दो खेलाडीलाई प्रक्रियागत रूपमा सहयोगका लागि अघि बढ्ने जानकारी गराएका छन् । तर, पनि आपूहरूले संघको सम्पर्कमा आएका आफ्ना खेलाडीलाई केही सहयोग हुने गरी सहयोग गरिसकेको बताए ।

उनले भने, ‘नुवाकोटका अति क्षतिग्रस्त क्षेत्रमा रहेका केही भूकम्पपीडित र खेलाडीका लागि आवश्यकीय खाद्यान्नहरू वितरण गरिसकेको छाँ, तर उनीहरूलाई राहत पुगेको छैन । प्रक्रियागत तरिकाले हामी सहयोग गर्ने छौँ । अहिले उनीहरूलाई खाना र बासका लागि त्रिपाल आवश्यक रहेकाले त्यो अति आवश्यकीय सामग्री मात्र प्र्रदान गरेका छाँ ।’
उनले आफ्ना खेलाडीको अवस्थाबारे पनि जानकारी लिँदै गरेको बताए । ‘संघको जानकारीमा आएका खेलाडीलाई भने पहिलो चरणमा राहत वितरण गरी सक्यौँ । पछिल्लो समयमा संघले पनौतीमा रहेका आफ्ना खेलाडी रामबहादुर तामाङको घरमा भएको क्षति निरीक्षण गरेका थियौँ ।’
उनले रामबहादुर अहिले निकै नाजुक अवस्थामा रहेको बताए । निधन भएका पारा खेलाडी जितबहादुर खड्काको घरमा पुगेर परिवारसँग भेट भएको तथा उनलाई पनि प्रक्रियागत रूपले सहयोग गर्ने बताए । त्यसकारण उनलाई पनि संघले पहिलो चरणमा दैनिक आवश्यकीय खाद्यान्न र पाललगायत केही सामग्री सहयोग गरेको उनले बताए । भूकम्पको त्रास हटिसकेपछि पारा तेक्वान्दोका सबै खेलाडीका लागि भौतिक समस्यासम्बन्धी केही पहलसमेत गर्ने जनार्जन केसीको भनाइ छ ।
भूकम्पका कारण सूचनाका केही माध्यमबाट समेत सबै खेलाडीसँग सम्पर्क गर्न नसकिएकाले खेलाडीबारे पूरा जानकारी हालसम्म नआएको उनी बताउँछन् ।
संघलाई केही खेलाडी बस्ने ठाउँबारे जानकारीसमेत थाहा नभएकाले उनीहरूको सहयागमा ढिलाइ भएको अध्यक्ष जानर्जन केसी स्वीकार्छन् । गत १२ गते गएको भूकम्पमा आपूmबाहिर रहेको जानकारी दिँदै उनी भन्छन्, ‘ढिलो गरी आइपुगे त्यसमाथि खेलाडीबारे हामीले जानकारी पनि राखेनाँै । त्यसकारण खेलाडीलाई दुःख परेका बेलामा हामी सहयोग गर्न नसकेका हौँ । तर, अब छिट्टै संघको बैठक बसेर उनीहरूका लागि दिगो व्यवस्थापन गर्नेछौँ ।’
उनले संघका अगामी बैठकमा खेलाडीका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीबारे उठाउने जोड दिए । सबै खेलाडी शारीरिक रूपमा अशक्त रहेकाले उनीहरूको आर्थिक स्थिति निकै कमजोर भएका खेलाडी भएकाले सबै भूकम्पका कारण पीडितका लागि सहयोग आवश्यक रहेका उनी बताउँछन् । पारा तेक्वान्दो संघले पछिल्लो समय भूकम्पपीडितका लागि सक्रियता देखाएको छ ।

प्रतिक्रिया