बेइजिङ, १ जेठ । चिनियाँ प्रधानमन्त्री लि केकियाङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको वार्ता सकारात्मक भएको बताएका छन् ।
चीन भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार त्यसतर्फ गएका थिए । उनीहरुबीच बिहीबारै वार्ता भएको बेइजिङबाट विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चिनियाँ प्रधानमन्त्री कचियाङले भने, बिहीबार भएको वार्ताका क्रममा कतिपय साझा विषयहरुमा कुराकानी भएका छन् र ती कुराकानीमा अपेक्षाकृत सफलता हातलाग्ने सम्भावना बढेको छ ।
हामी कुराकानीका क्रममा निकै गहिराइसम्म पुग्यौँ र वार्तामा धेरै विषयहरु पनि समेटिएका छन्– उनले भने ।
प्रतिक्रिया