प्रस्थानबिन्दु आत्मोपचार

लगातार गइरहेको शक्तिशाली भूकम्पनले मनोसामाजिक पक्षमा गहिरो असर त पारेकै छ, त्योभन्दा मुलुकको अर्थतन्त्रलाई गहिरो धक्का दिएको छ । यसअघि नेपालको अर्थतन्त्रलाई दस वर्षको सशस्त्र द्वन्द्वले थला पारेको थियो । त्यसपछि भ्रष्टाचार र अराजकताले झनै थला पा-यो । दुई/तीन वर्षयता अर्थतन्त्र विस्तारै बौरिन थालेको थियो । बौरेर विस्तारै तंग्रिएको र गति लिन थालेको थियो । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलब २ प्रतिशत पुगेको थियो । गत मार्चमा एसियाली विकास बैंकले सन् २०१५ मा ४ दशमलब ६ प्रतिशतले नेपालको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । मुद्रास्फिति ९ दशमलब १ बाट घटेर ७ दशमलब ७ मा झर्ने प्रक्षेपण पनि एसियाली बैंकले गरेको थियो । यो लगातारको भूकम्पनले तत्काल देखिने क्षति मात्र पु¥याएको छैन, आशालाग्दो गति पक्डन थालेको नेपालको अर्थतन्त्रलाई बहुआयामिक र दीर्घकालीन धक्कासमेत दिएको छ । सर्वप्रथम त केही वर्ष नेपालको राष्ट्रिय बजेटको ठूलो हिस्सा पुनर्निर्माणमा लगाउनुपर्ने छ । विकास बजेटको ठूलो हिस्सा पुनर्निर्माणमा जाने भएकाले विकासको गति अवरुद्ध हुनेछ । भूकम्पनले तत्कालै भत्काएका संरचना त छ“दैछ, त्यसबाहेक साउन–भदौमा जाने पहिरोले खोला, नदीहरू थुन्ने र राजमार्गहरू अवरुद्ध पार्ने सम्भावना छ । खोला, नदीहरू थुनिएर र राजमार्गहरू अवरुद्ध भएर जनजीवन अस्तव्यस्त हुनेछ । यसले दैनिक कारोबारमै प्रभाव पार्नेछ । सबैभन्दा ठूलो धक्का पर्यटन उद्योगलाई दिनेछ । पुरातात्विक धरोहरहरू भत्किएका छन् । त्यसलाई पुनर्निर्माण गर्न चार/
पा“च वर्ष लाग्नेछ । अस्तव्यस्तताले ट्रेकिङ पर्यटनलाई पनि असर पर्नेछ । रियल स्टेटमा गरिएको लगानी शंकास्पद स्थितिमा पुगेकाले बैंकहरूलाई असर पर्नेछ । धेरै क्षतिपूर्ति गर्नुपर्दा इन्स्योरेन्स कम्पनीहरू गल्नेछन् । रोजगारीका लागि खाडीमा गएकाहरू फर्कने भएकाले रेमिट्यान्स घट्नेछ । राष्ट्रिय आयका स्रोतहरू सुक्दै जाने, तर राष्ट्रिय बजेटको ठूलो हिस्सा उद्धार, राहत र घर निर्माणका लागि अनुदान दिनु पर्दा राष्ट्रिय अर्थतन्त्रको ढाड भा“च्चिने छ । एसियाली बैंकले सन् २०१५ मा नेपालको आर्थिक वृद्धि ४ दशमलब ६ प्रतिशतले हुने प्रक्षेपण गरे पनि यो महाविनाशले गर्दा ३ प्रतिशतमा झर्ने सम्भावनामा पु¥याएको छ । एसियाली विकास बैंकले नै यो भूकम्पका कारणले नेपालको आर्थिक वृद्धि दरमा बढीमा दुई प्रतिशतसम्म कमी गराउने प्रक्षेपण गरिसकेको छ ।
अबका केही वर्ष नेपालको अर्थतन्त्रका लागि महासंकटको घडी हुनेछ । तर, पार पाउनै नसकिने संकट हुने छैन । अति सामान्य विषयमा ख्याल गर्ने हो भने यो महासंकटबाट सहजै पार पाइनेछ । सर्वप्रथम त नेतृत्वले विश्वास आर्जन गर्नुपर्छ । विश्वास आर्जन गर्नलाई आफ्नो नियत, सोच, चिन्तन, कार्यव्यवहार, कार्यशैली, चरित्र र आचरणमा आमूल परिवर्तन ल्याउनुपर्छ । राष्ट्रनिर्माणको संकल्पले त्यागको माग गर्दछ । त्यागको होडबाजी चल्नुपर्छ । नेतृत्व त्यागको नमुना हुनुपर्छ । राष्ट्र सिस्टममा चल्नुपर्छ । राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर ऐन–नियमहरू बन्नुपर्छ । विधिको शासन हुनुपर्छ । प्रशासनिक काम कारबाही चुस्त र छिटोछरितो हुनुपर्छ । प्रशासनका संयन्त्र सुशासनको नमुना बन्नुपर्छ । जिम्मेवार पदाधिकारीहरूमा जवाफदेही र पारदर्शिता हुनुपर्छ । नेतृत्वस“ग प्रष्ट भिजन, संकल्प, अठोट, समर्पण र इमानदारी हुनुपर्छ । जबर्जस्ती नेपालबन्द, यातायात बन्द, बजार बन्द, उद्योग–कारखाना बन्द गराउनेलाई कडा सजाय दिनुपर्छ र क्षतिपूर्ति भराउनुपर्छ । अपराधी, भ्रष्टाचारी, वदनियत राखेर काम गर्नेहरू र राष्ट्रविरुद्ध षडयन्त्र गर्नेहरूलाई तुरुन्त कारबाही भएको देखिनुपर्छ । राजनीतिक पार्टी र नेताहरूले अपराधी प्रवृत्तिका व्यक्तिहरू तथा गुन्डा र उनीहरूका नाइकेस“ग सा“ठगँ“ठ र तिनीहरूलाई संरक्षण गर्न आजैबाट छाड्नुपर्छ । यो कुनै ठूलो कुरो हु“दै होइन । आफै“लाई आफै“भित्रबाट उपचार सुरु गर्ने हो । यति उपचार गर्ने हो भने यो राष्ट्रको पुनर्निर्माण मात्र होइन, कायापलट नै हुनेछ । राष्ट्र सिष्टममा चल्नेछ । नेतृत्वले विश्वास आर्जन गर्नेछ । नेपालीले मात्र नभएर पूरा विश्वले पूर्ण भरोसा गर्नेछन् । विश्वास आर्जन गरेपछि बजेटको अभाव हुने छैन ।

प्रतिक्रिया