काठमाडौं । नेपाल गोजुरियो ओसुकाइ कराते संघले सिन्धुपाल्चोकको ठूलो सरिुवावारीमा राहत वितरण गरेको छ । कराते खेलाडी गगा श्रेष्ठको घर रहेको उक्त गाविसको ६ नम्बर वडामा ९९ प्रतिशत घर क्षतविक्षत भएका छन् । गाविसमा एक सयको हाराहारीमा निधन भएको जनाइएको छ । ६ नम्बर वडामा जंगलछापमा ११ तथा दुलालगाउँमा नौजनाको निधन भएको थियो ।
विकट तथा आर्थिक अवस्था कमजोर रहेको सो गाउँमा गोजुरियो ओसुकायका मुख्य प्रशिक्षक ओमकृष्ण प्रसाईंलगायत ग्वांगजाउ नेपाल सामसुङ मोबाइलमा आबद्ध व्यापारी सन्दीप खनाल र नायिका निरु मोहरालगायतले राहत वितरण गरेका थिए ।
यसैगरी, करातेका राममणी काफ्ले, सुरेन्द्र केसी, रविन मर्हजन र सुमन पोखरेलले राहत वितरण गरे । कलाकार सबनम राई, दुर्गा शिवाकोटी, अमित पौडेल, कविन्द्र बस्याल, दीपक राई, केदार धिताल, रुद्र बोहरा र बैंकर जितेन्द्र राईको समूहले राहत वितरण गरेको हो । प्रसाईंले अन्य क्षेत्रमा पनि यसैखाले सहयोग गर्न सकिने बताए । यसैगरी, व्यवसायी खनालले सिन्धुपाल्चोकको अन्य क्षेत्रमा पनि सहयोग गर्ने बताए । (सौस)
प्रतिक्रिया