बैंग्लोर र चेन्नाई प्लेअफको बाटोमा

iplचेन्नाई २९, वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र चेन्नई सुपर किङ्सले जित हात पारेको छ ।

चेन्नईले राजस्थान रोयल्सलाई १२ रन र बैंग्लोरले मुम्बई इन्डिन्सलाई ३९ रनले पराजित गरेको हो ।
चेन्नईमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि ब्रेन्डन म्याक्कुलमले सर्वाधिक ८१ रनको महत्वपूर्ण पारी खेले ।
त्यस्तै चेन्नइका लागि फाप डुप्लिसिस (२९) र डवेन व्राभो (१७) तथा कप्तान महेन्द्रसिंह धोनीले अविजित (१५) रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन् । चेन्नईका तीन महत्वपूर्ण ब्याट्सम्यान सस्तैमा आउट भए ।
दोस्रो ओभरमा टिमको स्कोर १२ हुँदा पहिलो विकेट गुमायो । पहिलो विकेटको रूपमा डवेन स्मिथलाई अंकित शर्माले आउट गरे । तर, त्यसपछिको तेस्रो ओभरमा चेन्नईले स्कोर १५ हुँदा दोस्रो विकेटका रूपमा सुरेश रैनालाई गुमाएको थियो । राजस्थानको बलिङतर्फ क्रिस मोरिसले सर्वाधिक ३ विकेट लिए । अंकित शर्माले एक विकेट हात पारे ।
जवाफमा १ सय ५८ रनको लक्ष्य पछ्याएको राजस्थान रोयल्सले ९ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनाउन सक्यो । राजस्थानका सेन वाट्सनले २८ रन जोडेबाहेक अन्य कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । राजस्थानका लागि अजिन्के रहाने(२८), सन्जु सैमसन(२६) र जेपी फौल्कनर तथा क्रिस मोरिसले समान (१६) रन जोडे ।
राजस्थानले ३७ रनमा पहिलो विकेटको रूपमा अजिन्के रहानेलाई गुमायो । उसले ९० रन जोड्दा आफ्ना ५ ब्याट्सम्यानलाई गुमाइसकेको थियो ।
राजस्थानलाई सस्तैमा समेट्न चेन्नाईका रवीन्द्र जडेजाले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । त्यस्तै मोहित शर्माले ३ तथा डवेन व्राभोले २ विकेट लिए । अर्को खेलमा बैंग्लोरले मुम्बई इन्डियन्सलाई ३९ रनले हराएको छ । मुम्बईको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले १ विकेटको क्षतिमा दुई सय ३५ रनको विशाल योगफल बनायो । एबीडे भिल्लियर्सले आक्रामक पारी खेल्दै ५९ बलमा अविजित एक सय ३३ रन बनाए । भिल्लियर्सले ४७ बलमा १५ चौका र तीन छक्काको मद्दतले आफ्नो शतक पूरा गरेका थिए । उनको पारीमा कुल १९ चौका र ४ छक्का समावेश थियो ।
बैंग्लोरका कप्तान विराट कोहलीले ५० बलमा ८२ रन जोडे । कोहलीले ३९ बलमा २ चौका र तीन छक्काको मद्दतले अर्धशतक पूरा गरे । उनले आफ्नो पारीमा ६ चौका र ४ छक्का प्रहार गरे । २० रनमा पहिलो विकेटको रूपमा क्रिस गेललाई गुमाएको बैंग्लोरका दुई ब्याट्सम्यानको आतिसी पारीको मद्दतले उसले विशाल लक्ष्य पेस गरेको थियो ।
मुम्बईको बलिङतर्फ सबै बलर महँगो सावित भए । सबै बलरले १० भन्दो माथिको रनरेटमा रन खर्चे । अन्य बलरको तुलनामा किफायती बलिङ गरेका लासिथ मालिंगाले ४ ओभरमा १ मेडन राख्दै २७ रन खर्चेर १ विकेट लिए ।
जवाफमा मुम्बईले पूरा ओभर खेल्दै ७ विकेट गुमाएर एक सय ९६ रन मात्र बनाउन सक्यो । लेन्डल सिमोन्सले अविजित रहँदै ६८ रन जोडे पनि टिमलाई जिताउन सकेनन् । मुम्बईको लागि हार्दिक पान्डेले ४९ रन जोडेका थिए । उनले २४ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । मुम्बईका लागि पार्थिव पटेल (१९), कप्तान रोहित शर्मा (१५), अम्बाती रायडु(१४) र मिचेल मैघंक्लिम(१२) रन बनाउनुबाहेक अन्यले दोहोर अंका रन बनाउन सकेनन् ।
बैग्लोरको बलिङतर्फ हर्सल पटेल र युजभेन्द्र चाहलले समान २–२ विकेट लिए । मिचेल स्टार्क र श्रीनाथ अरभिन्दले समान १–१ विकेट हात पारे ।
राजस्थान रोयल्सलाई हराउँदै चेन्नाई सुपर किङ्स लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । जितसँगै चेन्नाई सुपर किङ्सले आइपिएल अंक तालिकामा १२ खेलबाट १६ अंक जोड्दै अग्रता लिएको छ । १३ खेलबाट १४ अंक जोडेको राजस्थान तेस्रो स्थानमा झरेको छ भने १२ खेलबाट १५ अंक जोडेको कोलकाता दोस्रो स्थानमा रहेको छ । चौथो स्थानको रोयल च्यालेन्जर्स बैंग्लोरले ११ खेलबाट १३ अंक
जोडेको छ ।

कोहली र एबिडे भिल्लियर्स तथ्यांकमा

– टि–ट्वान्टी फरम्याटमा २१५ रनको सर्वाधिक ठूलो साझेदारी गरेका छन् । यसअघि आइपिएलको चौथो संस्करणमा एडम गिलक्रिस्ट र सार्न मार्सले २०६ रनको साझेदारी गरेका थिए ।
– आइपिएलको इतिहासमा भिल्लियर्सले बनाएको अविजित १३३ रन तेस्रो व्यक्तिगत सर्वाधिक स्कोर । पहिलो स्थानका गेलले २०१३ मा पुने वारियर्सविरुद्ध अविजित १७५ रन बनाएका थिए भने दोस्रो स्थानका मैक्लमले आइपिएलले पहिलो संस्करणमा अविजित १५८ रन बनाएका थिए ।
– २०० रनको साझेदारी गर्ने विराट कोहली पहिलो ब्याट्सम्यान । यसअघि उनले क्रिस गेलसगँ मिलेर डिल्लीविरुद्ध सन् २०१२ मा २०४ रनको साझेदारी गरेका थिए ।
– आइपिएलमा ३००० रन पूरा गर्ने विराट कोहली पाचौँ ब्याट्सम्यान बने । यसअघि तीन हजार रन पूरा गर्नेमा क्रमशः सुरेश रैन, रोहित शर्मा, गौतम गम्भीर र क्रिस गेल हुन् ।
– आइपिएलमा कप्तान विराट कोहलीको लगातार पाँच हाफ सेन्चुरी ।
– आइपिएलमा भिल्लियर्सको दोस्रो शतक

प्रतिक्रिया