काभ्रेपलाञ्चोकमा २४ विद्यार्थीको मृत्यु

4बनेपा, २५ वैशाख । भूकम्पले काभ्रेपलाञ्चोकमा विभिन्न विद्यालयका २४ जना विद्यार्थीको मृत्यु भएको छ । भूकम्पका कारण ५९ वटा विद्यालय पूर्णरुपमा क्षति भएको जिल्ला शिक्षा कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

मृत्यु हुनेमा देवीटार निम्नमाध्यमिक विद्यालय, देवीटारमा कक्षा ६ मा अध्ययनरत हीरालाल लामा, महाकाली माध्यमिक विद्यालय बालुवापाटी, कक्षा १ मा अध्ययनरत सोनिका लामा, जनज्योति माध्यमिक विद्यालय, मेच्छेमा कक्षा ४ मा अध्ययनरत प्रतिमा त्रिपाठी, जनता उच्च माध्यमिक विद्यालय, होक्सेमा कक्षा २ मा अध्ययनरत आर्यन श्रेष्ठ रहेका छन् ।

त्यस्तै शारदा उच्च मावि फलाटेमा कक्षा ५ मा पढ्ने आयुषा खरेल, सेतीदेवी मावि सापिङमा कक्षा १० मा पढ्ने रविना खाँटी, सोही विद्यालयकी कक्षा १० मा पढ्ने कृष्णमाया पाठक, सर्व्विजया प्रावि कक्षा २ मा पढ्ने सविना श्रेष्ठ, बागदेवी उच्च मावि कक्षा १२ मा पढ्ने भवानी पराजुलीको मृत्यु भएको जिल्ला शिक्षा कार्यालयकी ओभरसियर श्रेया झाले जानकारी दिए ।

उनका अनुसार बागदेवी उमाविको कक्षा २ मा पढ्ने, रजनी तामाङ, सोही विद्यालयकी कक्षा २ मा अध्ययनरत विपासा ठकुरी, सोही विद्यालयका दीपक ठकुरी, जयसरस्वती विद्यालयकी नानी श्रेष्ठ, कालिका निमाविकी सिर्जना तामांङ, नमुना प्राविका ठकुरी थरका एक विद्यार्थी, चन्द्रवति प्राविकी मनिषा सापकोटा, बागभैरव प्रावि, -यालेका दीपसन श्रेष्ठ, लालीगुराँस अङ्ग्रेजी स्कुलकी अनुशा बस्नेतको भूकम्पका कारण मृत्यु भएको छ ।

त्यस्तै जनकल्याण निमाविका लालबहादुर मोक्तान, सोही विद्यालयका रामबहादुर मोक्तान, विमला मोक्तान, अर्का एक मोक्तान थरका विद्यार्थी र विनोद तिङ्रिङको मृत्यु भएको छ । यो सङ्ख्या अझै बढ्न सक्ने ओभरसियर झाले बताए ।

प्रतिक्रिया