महाभूकम्पमा आमा पातली माया लामा र बुबा पेम्वा लामालाई गुमाएका एक १४ वर्षीय किशोरले भोग्नुपरेको भूकम्पीय त्रासद–कथा ।
वैशाख १२ गते शनिबार थियो । म आमाबुबासँगै थिएँ । म लसुन केलाउँदै थिएँ । आमाले त्यही समयमा मलाई भन्नुभएको थियो, ‘बाबु पढेर ठूलो मान्छै बन्नुपर्छ ।’ मलाई अरूजस्तो खेल्न पनि धेरै मन लाग्दैन थियो, पहिलेदेखि नै । त्यस दिन पनि सदाझैँ म जुरुक्क उठेँ अनि आमालाई १० रूपैयाँ माग्दै पसलमा कापी किन्न भनी बाहिर निस्केको मात्र थिएँ । पसल नपुग्दै बाटैमा अचानक मलाई रिङगटा चल्लेको भान गरायो, म एककान्लो तल खसेँ । लाग्थ्यो यो मलाई मात्र भइरहेको छ । तर, कुरो त्यस्तो होइन रहेछ । केही क्षणमा मेरै आँखा अगाडि दुई घर ढले र म तुरुन्तै अत्तालिँदै पसलै नगई घरतिर फर्कें । एता घरमा पुग्दा पूरै धूलो थियो । म त्यो देख्ने बित्तिकै आमाबुबा भनेर कराउन थालेको मात्र थिएँ । अचानक सानो स्वरमा बुबाको आवाज घरभित्र सुने तर त्यस बेलासम्म घरको धूलो बसिसकेको थियो ।
मैले बुबालाई कराउँदै गर्दा निकाले तर बोल्दाबोल्दै केहीबेरमै बोल्नै छोड्नुभयो । आमाको त स्वर सुन्नसमेत पाइन् । पछि गाउँलेहरू आए र बुबा मरेको भने । म धेरै रोएँ । वरिपरिबाट कसैले नोरोऊ भन्दै थिए । मेरा आँसु बग्न छोडिसकेका थिए तर म कराउन भने छोडेको थिइन् । हेर्दै गर्दा मेरा काठमाडौंमा बस्ने दाइ र बनेपामा जानुभएको दाइ पनि आइपुगिसक्नुभएको थियो । मैले म घर बाहिर निस्कनुअघि आमाको स्वर पटकपटक सुन्छु, ‘पढेर ठूलो मान्छे बन्नुपर्छ ।’ अनि, तल अरू धेरै घरमा मान्छे यसरी नै मरेको सुन्छु । अनि, मनलाई शान्त बनाउँदै यस्तै रहेछ भन्ने ठान्छु ।
एक्लै छुट्टै बसेर केही सोचिरहन र एक्लै बस्न मन लागिरहन्छ । कसैले सहयोग गरे आमाले भनेको त्यो वचन पूरा गर्न मन छ, उनी भन्छन् । उनको यो व्यथालाई राहत वितरण गर्न पुगेका संरक्षण तथा विकास संस्थाकी सचिव गुरुङले उनलाई १० हजार नगदले सहयोग गरिन् भने उनको सो संस्थाले करिब चार लाख बराबरको राहत सामग्री वितरण सोही ठाउँका स्थानीयलाई वितरणसमेत गरिसकेको छ ।
उनी हाल बनेपाको हिमालयन उमाविमा कक्षा नौ कक्षा अध्यनरत छिन् । उनी र उनका दाइ पदम पनि एउटै कक्षमा पढ्छन् । उनका ठूला दाइ नाम सञ्जीव लामा र दिदी छिरिङ लामा काठमाडांैमा थाङका लेख्ने काम गर्छन् ।
प्रतिक्रिया