नेपालमा भारतीय मिडियाप्रति आक्रोश

Shobhaa_De_Writerभारतीय मिडिया ! यो गम्भीर प्रश्न हो । नेपालले के भनिरहेछ भन्नेतर्फ ध्यान देऊ र आफ्नो आक्रामक प्रस्तुति बन्द गर ।
‘प्यारा गिद्धहरू तिमीहरूले मृतकको हड्डी निकालिसकेका छौ । अब घर जाउ ।’ अहिले सामाजिक सञ्जालमा यस्ता ट्वीट चर्चामा छन् । ‘गो होम इन्डियन मिडिया’ टे«न्ड बनिसकेको छ । प्रश्न हामीले किन यस्तो गर्‍यौँ भन्ने हो । हामीमध्ये सबैको यात्राका पछाडि खराब उद्देश्य अवश्य लुकेको होइन । तर, हामीले यस्तो किन गर्‍यौँ ? हाम्रो छिमेकी पीडामा पर्दा हामीले प्रचार मात्रै किन खोज्यौँ ? पटक–पटक हामीले यस्तो गरिरहेका छौँ । के हामी माथि पर्नका लागि यस्तो गर्नु जरुरी छ ? के हामी साँच्चै भिलेन हौँ ? के हामी नेपाल जनताका प्रश्नसँग मतलब राख्दैनौँ ? कि हामी प्राकृतिक रूपमै क्रुद्ध, खराब नियतको र बदमास छौँ । प्राकृतिक विपद्को समाचार सम्प्रेषण गर्ने क्रममा देशभित्रै यसअघि मिडियाले गरेका यस्ता हर्कतको विरोध भएको थियो ।
नेपालका जनतालाई फरक तरिकाबाट हेरौँ । हामी र हाम्रो छिमेकीसँग समान इतिहासको सम्बन्ध छ । हाम्रो सम्बन्ध लभ–हेटको रहँदै आएको छ । दशकौँदेखि नेपालसँग भारतको यस्तै सम्बन्ध छ । हाम्रो राष्ट्रवादी तथाकथित ठूलो दाजु भन्ने प्रवृत्तिले सधैँ छिमेकीको नशामा भयंकर स्पर्श खडा गर्ने गरेको छ । जसले उनीहरूको रगत तताउँछ । भर्खरै गएको महाभूकम्प र त्यसपछि देखिएको परिस्थितिले हामी दुई देशबीचको मैत्रिपूर्ण सम्बन्ध भत्किने त होइन भन्ने त्रास बढाइसकेको छ । दुर्भाग्यका साथ भन्नुपर्छ, यसमा सबैभन्दा ठूलो हात प्रेसको छ । भारतीय मिडिया नेपालमा असफल भएका छन् । हामी यसअघि पनि यस्तो विपद् र समस्याहरूको रिर्पोटिङ गर्ने क्रममा पटक–पटक चुकिसकेका छौँ । हाम्रै घरभित्र पनि यस्ता समस्या देखिएका थिए । तर, त्यो केवल ‘अन्दर कि बात’ थियो । हामी पछि पनि घरभित्रका समस्याका विषयमा छलफल गर्नसक्छौँ । तर, अहिले नेपालका जनता हाम्रो व्यवहारबाट स्तब्ध छन् । उनीहरूले अझै धेरै संघर्ष गर्नुपर्नेछ । मृतकको संख्या १० हजार नाघ्न सक्छ । उद्धारका लागि संघर्ष जारी छ ।
अझै महिनौँसम्म उद्धारका लागि प्रयास हुनेछ । देशलाई एक ढिक्का बनाउनु नेपाल सरकारका लागि सबैभन्दा ठूलो चुनौती छ । अहिल्यै तत्काल समस्या समाधानका लागि कुनै उपाय निस्किसकेको छैन । शताब्दीऔँ पुरानो धरोहरलाई एकैपटक कसरी जोड्न सकिन्छ । मलामीहरू शव जलाउन व्यस्त छन्, परिवारहरू आफ्ना प्रियजनको शोकमा छन् । यस्तो विषम परिस्थितिमा पनि नेपालीहरू आफ्नै स्वाभिमानमा खडा हुन चाहन्छन् । उनीहरूले धेरै चाहेका छैनन् ।
हाम्रा मिडिया अब घर फर्कनुपर्ने समय आइसकेको छ । उनीहरूले क्यामेरा ते¥र्याएर उद्धार तथा राहतमा कठीनाइ उत्पन्न गराइसकेका छन् । शोकमा स्तब्ध बनेका स्थानीयहरूको झापड खानुअघि भारतीय मिडिया फर्कनु जरुरी छ ।
‘तपाईं कस्तो महसुस गर्दै हुनुहुन्छ ? तपार्इंलाई अहिले कस्तो लागेको छ ?’ भन्ने प्रश्न एउटा बिरामी मनस्थितिको रिपोर्टरले आफ्नो छोराछोरी गुमाएर रोइकराइ गरिरहेका आमालाई राख्दा कस्तो हुन्छ होला ? पीडाको घडीमा हाम्रो यस्तो उपस्थितिले कस्तो सन्देश गएको छ ?
कारणहरू धेरै होलान् तर यस्तो आपराधिक प्रश्न पीडाका घडीमा सोधिनुका पछाडि पर्याप्त व्यावसायिक प्रशिक्षणको कमी भएको आन्दाज लगाउन मुस्किल छैन । खासमा भारतमा जोकोही टेलिभिजन रिपोर्टर बन्ने सामथ्र्य राख्छन् । क्यामेराको अगाडि बोल्न सक्ने खुबी हुनासाथ जो–कोही टेलिभिजन रिपोर्टर बन्न सक्छन् । तर, उनीहरूसामु सधैँ पहिलो बन्नुपर्ने दबाब हुनेछ । एम्योच्योर रिर्पोटरहरू छन् र व्यावसायिकतालाई कुनामा थन्काइएको छ ।
‘स्टप योर मिडिया–क्वेक’ अर्को ट्विट अहिले चर्चामा छ । तर, के हामीले सम्प्रेषण गरेको समाचारले कस्तो प्रभाव पारिरहेछ भन्ने हेक्का हामीलाई छ । कसरी होस् हामी ठूलै घरेलु युद्धमा छौँ तथाकथित टिआरपीको लडाइँमा छौँ हामी ।
गल्ती कसको हो ? तर, हाम्रो व्यवहारले उद्धारमा निरन्तर सक्रीय भारतीय स्वयंसेवकहरूको कामलाई छायामा पारेको छ । टिआरपकिो होडमा मिडियाले देखाउने प्रचारवाजीले भारतलाई नेपाली जनतामाझ शत्रू नम्बर एक घोषणा गर्न मात्रै बाँकी छ । यो प्रचारमा आउने वा उद्धारका क्रममा भएका सकारात्मक कुराको जस लिने समय होइन । मानवीय विपद्को यस्तो समयले सबैको साथ अनि सबैको सहभागिता खोजेको हुन्छ । तर, हामीले प्रभावितहरूलाई चोट पु¥याएका छौँ, उनीहरूको पीडाको खिल्ली उडाएका छौँ । खासमा एउटा असल छिमेकीले आपतकालका बेला तुरुन्तै गर्नुपर्ने काम शिवाय हामीले अरू केही गरेका होइनौँ । प्रचार खोज्ने हाम्रो बानीले अहिले नेपालको नजरमा हामीलाई गिराएको छ ।
के भारतीय मिडियाले माफी माग्नुपर्छ ? किन पर्दैन ? हामीले सहयोगका लागि अघि बढेकाहरूको चित्त दुःखायौँ । हामीले थोरै मात्र नैतिकता भए पनि माफी माग्नुपर्छ । नेपाललाई अहिले आफ्नै खुट्टामा उभिनका लागि बाँकी पूरै विश्वले गर्ने सहयोग लिन आवश्यक छ । भारतीय अधिकारीहरूले देखाएको व्यवहार नराम्रो छैन । तर, त्यो भारतीय मिडिया नै हो जसले नेपालीलाई जिस्क्याइरह्यो ।
सामाजिक सञ्जालमा देखिएका विचारबाट हामीले केही पाठ सिक्नैपर्छ । अनुभवविहीन टेलिभिजन रिपोर्टरहरूले मानवीय विपत्तिका बेला कसरी समाचार सम्प्रेषण गर्ने भन्ने सम्बन्धमा कोर्स लिन आवश्यक छ । केही त्यस्ता नियमहरू छन्, जसलाई पालना गर्नैपर्छ । सामूहिक दाहसंस्कारका बेला क्यामेराहरू टाढै बस्न जरुरी छ । मृतक र शोकमा डुबेकाहरूको भावनाप्रति मिडियाले सम्मान दर्शाउनैपर्छ । के त्यो प्रश्न सोध्ने समय हो ? भारतीय मिडियासामु दैवीविपद्का बेला कसरी समाचार सम्प्रेषण गर्ने भन्ने उदाहरण प्रस्तुत गर्ने यो राम्रो समय हो । टिआरपीको लडाइँ लड्नु भनेको विजय हासिल गर्दागर्दै पनि बार्गेनिङका क्रममा आफ्नो नैतिकता र विनम्रता गुमाउनु हो ।
(भारतीय टिभी च्यानल एनडिटिभीको अनलाइन संस्करणमा प्रकाशित भारतकी चर्चित पत्रकार, साहित्यकार तथा सामाजिक अभियन्ता शोमा डेको अंग्रेजी आलेखको स्वतन्त्र अनुवाद)

प्रतिक्रिया