भूकम्पले गाउँका विद्यालयमा विद्यार्थी बढे

बाजुरा, २३ वैशाख । काठमाडौंको कोटेश्वर सरस्वती मावि कक्षा ९ मा अध्ययनरत १४ वर्षीया मेनुका बुढा बाजुराको मालिका उच्च माविमा भर्ना भएकी छन् ।

जिल्लाबाट बाहिर गएका विद्यार्थी गाउँकै विद्यालयमा भर्ना हुने क्रम बढेको छ । भूकम्पले गर्दा आफन्तले आफ्ना छोराछोरीलाई घरमा बलाउने क्रम चलेको छ ।

बाजुराको पाण्डुसेन घर भएकी १४ वर्षीया मेनुका बुढा एक वर्ष पहिले काठमाडौँ मै अध्ययनका लागि गएकी थिइन् । वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि उनी बाजुरा पुगिन् ।

अब काठमाडौंमा नजाने निर्णय गरेर आफू मार्तडीमा रहेको मालिका उच्च माविमा कक्षा ९ मा भर्ना भएकी हुन् ।

घरमा खाना खाएको समयमा आएको भूकम्पले उनी काठमाडौंबाट निकै त्रसित भएको र खाना छोडेर चौरमा भागेको उनले बताइन् ।

त्यस्तै बाह्रबिस– ५ का सुनिल सिंह पनि काठमाडौंमा फिर्ता नहुने भएपछि स्थानीय मालिका उच्च माविमा भर्ना हुने भएका छन् ।

प्रतिक्रिया