कास्कीमा बैसट्ठी विद्यालय भवनमा क्षति

Nepal-Bhukampa-Noksaniपोखरा, २२ वैशाख । गएको वैशाख १२ गते आएको विनाशकारी भूकम्पले कास्कीमा ६२ सामुदायिक विद्यालयमा क्षति पुराएको छ ।

क्षति भएका ती विद्यालयमध्ये पाँचवटा पूर्ण क्षति भएकाले विद्यार्थीलाई अन्यत्रै राखेर पठनपाठन गराउनुपर्ने अवस्था आएको जिल्ला शिक्षा कार्यालय कास्कीले जनाएको छ ।

अन्य विद्यालयमा केहीको भवन चर्केको, केहीको कक्षा कोठा भत्केको र केहीको पर्खाल भत्केको छ ।

महाभूकम्पबाट विद्यालयमा करिब एक करोडभन्दा बढी क्षति पुराएको सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुवेदीले बताए ।

प्रतिक्रिया