मुम्बई । चर्चित बलिउड अभिनेता आमिर खानले भूकम्पबाट पीडित रहेका बालबालिकालाई सुरक्षित राख्न अपिल गरेका छन् । युनिसेफका दुत समेत रहेका आमिरले आफ्नो ट्वीटरमा नेपालमा गएको भूकम्पले आफ्नो हृदय दुखेको बताएका छन् ।
चार महिनाअघि एक संस्थाको कामका लागि नेपाल आएका बेला यहाँका केही गाउँ घुमेर बालबालिकासँग नजिकिने अवसर पाएका आमिरले भूकम्पबाट बालबालिकालाई सुरक्षित राख्न आग्रह गरेका हुन् ।
‘बढ्दो मृतकको संख्याले मलाई दुःखी बनाएको छ । कृपया प्रभावित बालबालिकालाई सहयोग गरौँ ।’ उनले ट्वीटरमा ट्वीटेका छन् । (एजेन्सी)
प्रतिक्रिया