मुम्बई । गत वर्षको अन्तिम समयतिर नेपाल आएकी पूर्वमिस युनिभर्स तथा बलिउड अभिनेत्री सुष्मिता सेनले नेपालमा गएको महाभूकम्पबाट आफू शब्दविहीन भएकी बताएकी छन् । उनले गत नोभेम्बर २०१४ मा काठमाडौं गएको स्मरण गर्दै नेपालको विपत्तिले आफूलाई शब्दविहीन बनाएको उल्लेख गरेकी हुन् ।
‘म गत नोभेम्बर २०१४ मा काठमाडौंमा एउटा विशेष कार्यक्रमका लागि गएकी थिएँ, म भगवान् दुर्गा र शिवको अनुयायी भएकाले पशुपतिनाथको पहिलो दर्शन गर्ने अवसर पाएकी थिएँ,’ उनले भारतीय सञ्चारमाध्यमसित भनेकी छन्, ‘निकै माया र सत्कारका साथ नेपालले मलाई स्वागत गरेको थियो । नेपालमा महाभूकम्प गएको बेला म जर्मनीको यात्रामा थिएँ, यो घटनाले म शब्दविहीन छु ।’
नेपालमा गएको महाभूकम्प निकै पीडादायी भएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत मानिसले दुःख मनाउ गरिरहँदा आफूचाहिँ उक्त घटनाले शब्दविहीन बनेको उल्लेख गरेकी छन् । उनी जर्मनीमा बंगाली फिल्म ‘निरबक’को प्रमोसनमा गएकी हुन् । (एजेन्सी)
प्रतिक्रिया