अर्को जोखिमको चुनौती

आजसम्म रेकर्ड भएका ठूला भूकम्पहरूमध्ये नौ रिक्टर स्केलको भूकम्प मार्च २०११ मा जापानमा गएको थियो । भूकम्प आउनासाथ आणविक ऊर्जा उत्पादन केन्द्रहरू स्वतः बन्द हुने प्रविधि भएकोले भूकम्पले फुकुसिमाको आणविक ऊर्जा केन्द्रलाइ कुनै क्षति पुर्‍याएन । तर, भूकम्पपछि आठ सय किलोमिटरको तीव्र बेगमा आएको चार मिटर अग्लो अत्यन्त शक्तिशाली सुनामी समुद्री लहरले फुकुसिमाको आणविक केन्द्रहरूलाई क्षति पुर्‍यायो । २० हजार मानिस मृत्युको मुखमा पुगे । धेरै घर र संरचना ध्वस्त भए । त्यो भयंकर स्थितिमा जापान सरकारले तत्कालै जुन उद्धार, राहत र पुनःस्थापना कार्य सञ्चालन गर्‍यो, त्यसलाई विश्वले नै मुक्तकण्ठले प्रशंसा गरेका थिए । जापानीसग कार्यसंस्कृति भएकोले जापानस“ग नेपालको तुलना गर्न मिल्दैन । जाजरकोटमा स्वाइन प्लुको महामारी पैंलदा नियन्त्रण गर्न नसक्ने सरकारस“ग बढी अपेक्षा गर्न पनि हु“दैन । तैपनि, स्रोतसाधन जुटाउने र भएका स्रोतसाधनलाइ सर्वोत्तम उपयोग गर्ने मामलामा राज्य सञ्चालनका अगुवाहरूले कुशलता देखाउन सक्छन् भनेर अपेक्षा गर्न सकिन्छ । स्रोतसाधनको विषयमा कुरा गर्दा, शनिबार ठूलो भूकम्प आउनासाथ चीन सरकारले ठूला हेलिकप्टर जान नसक्ने पहाडी इलाकामा साना हेलिकप्टरमार्पत् बिरामीको उद्धार गर्ने तथा सीमावर्ती क्षेत्रसग जोडिएका राजमार्गहरू २४ घन्टाभित्र मर्मत गरिदिने प्रस्ताव तुरुन्त पठाएको थियो । तर, हाम्रो सरकारले यी प्रस्तावलाई करिबकरिब इन्कारकै हदसम्म पन्छाइरह्यो । चौतर्फी दबाब परेपछि बुधबार साझ बल्ल अनुमति दियो । भारतलगायत विश्वका सबै राष्ट्रसग सहयोग माग्न र लिन हात पसारेको र सोहोरेर लिइरहेको सरकारले चीन सरकारले पठाएको सहयोगलाई मात्र किन पन्छायो, यो जनचासोको विषय बनेको छ । कसैको व्यक्तिगत अहंतुष्टीको कारणले भन्ने पनि बाहिर आएको छ ।
भूकम्पकै कारणले भन्दा पनि हाम्रै असावधानी र लापर्बाहीको कारणले बढी मानवीय र भौतिक क्षति हुन्छ । भवनलगायत भौतिक संरचनाहरू निर्माण गर्दा भूकम्पको संभाव्यतालाई समेत् ध्यान दियो भने मानवीय र भौतिक क्षति न्यून हुन्छ । यसपालिको भूकम्पले हामीलाई पक्कै यो पाठ पढाएको छ । भूकम्पपश्चात् तत्कालै गर्नुपर्ने व्यवस्थातिर लागिएन भने त्यसले अर्को मानवीय क्षति पुर्‍याउन सक्छ । दबिएका मानव शव र मृत जीवजन्तुहरूलाई तुरुन्त निकाल्न नसकिएकोले त्यसको दुर्गन्ध आउन थालेको छ । काठमाडौं उपत्यकाको कुरा गर्दा शहरभित्र फोहोर थुप्रिएर दुर्गन्धित त भइसकेकै छ । सबका सब सहरबासीहरू घर छाडेर खुला ठाउमा बस्दा तिनीहरूले जथाभावि दिशापिसाब गरेका छन् । खानेपानीको अभाव भइराखेको स्थितिमा सरसफाइका लागि पर्याप्त पानी छैन । एकातिर कुहिएको शव र फोहोरको दुर्गन्ध बढ्दै जानु र अर्काेतिर सरसफाइका लागि पानीको अभाव भइरहनुले हैजा, झाडाबान्ता, जन्डिस, टाइफायडलगायत भाइरल र ब्याक्टेरियल संक्रमणको लागि अनुकूल वातावरण बनाएको छ । सामान्य व्यवस्थापन नगर्दा हाइटीमा भूकम्पपश्चात् पैलिएको हैजाको उदाहरण हेर्ने हो भने यहा पनि संक्रमणले महामारीकै स्वरूप नलेला भन्न सकिन्न । त्यसबाहेक, निरन्तर परेको झरीले मौसम चिसो हुदै गएको छ । यो स्वाइन प्लुको लागि अर्को अनुकूलता हो । यी जोखिमबाट बच्न पूर्वसतर्कता मात्र अपनाए पुग्छ । सावधानी अपनाउने विषयमा व्यापक प्रचारप्रसार गरेर जनतालाई जागरुक पार्न सकिन्छ ।
अहिले हामी विरलै आइपर्ने भयंकर विपत्तिमा छौ । यो विपत्तिबाट पार पाउन यसले हामीबाट बुद्धिमतापूर्ण कौशलता, धैर्यता, सक्रियता र त्यागको माग गरेको छ । यस्तो संगीन घडीमा पुरानै रवैया अपनाएर त“छाड–मछाड गर्ने, आत्मकेन्द्रित हुने, टिमवर्क नगर्ने, एक्लाएक्लै चल्ने, टिम कल्चर नदेखाउने, एकले अर्कोको टीकाटिप्पणी मात्र गरिरहने र नकारात्मक कुरा मात्र गर्ने हो भने वैतरणीबाट पार लाग्ने छैन । सरकार मात्र होइन सर्वसाधारण जनताले समेत् यो सम्वेदनशीलतालाई बुझेर सार्वजनिक सुरक्षाको विषयमा चासो लिने र सोहीअनुसार आवश्यक सावधानी अपनाउन जरुरी भइसकेको छ ।

प्रतिक्रिया