शोक मनाउन शुक्रबार सार्वजनिक विदा

Suryabahadur-Thapaकाठमाडौं, ३ वैशाख । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनमा शोक मनाउन सरकारले भोलि शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले भोलि शुक्रबार एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारले पूर्वप्रधानमन्त्री थापाको शुक्रबारनै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयसमेत गरेको छ ।

शोक मनाउन एक दिन आधा झण्डा झुकाउने र स्वदेश तथा विदेशका सबै कुटनीतिक नियोगहरूमा एक दिन विदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री थापाको बुधबार राति भारतमा उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया