स्रष्टा खोज्दै डेढ दशक

Bulu-Mukarungरेडियो नेपालको जागिरे उनी आफौ स्रष्टा हुन् । संगीत भर्नु र साहित्यमा रमाउनु उनको विशेषता नै हो । एउटा स्रष्टाले अर्को स्रष्टाका बारेमा गहिरिएर चासो नदेखाई रहेको वर्तमान अवस्थामा उनी भने अलिक भिन्न रूपमा सांगीतिक माहोलमा अहिले पुन : उदाएका छन् । भोजपुर दिल्पा अन्नपूर्णमा जन्मिएका वरिष्ठ संगीतकार बुलु मुकारुङ अहिले चर्चामा आउनुको एक मात्र कारण बनेको छ, उनले लेखेको पुस्तक ‘नेपाली संगीतको अभिलेख’ ।

झन्डै डेढ दशक समय लगाएर उनले संगीतकर्मी र पाठकमाझ ल्याएको पुस्तकले सबै संगीतकर्मीलाई आश्चर्यमा पारेको छ । ८ सय ४८ पृष्ठको यो पुस्तकले नेपालको प्राचीनकालदेखि वर्तमान अवस्थासम्मका गीत संगीतमा लागेका स्रष्टाको परिचयलाई छर्लङ्ग बनाइदिएको छ । उमेरले ५६ वर्ष पुगेका बुलुले यो उमेरमा सुरकर्मीको संग्रह किन निकाले त ? ‘नेपाली साहित्यका अनेकौा कृति र कृतिकारहरुका बारेमा नेपाल र नेपाल बाहिरबाट धेरै ग्रन्थहरु प्रकाशित भएको पाइयो तर नेपाली संगीत र संगीतकर्मीको बारे ठोस र प्राच्य इतिहास झल्कने खालका ग्रन्थ नपाइएका कारणले मैले यो आाट गरेको हुा, ’बुलु प्रष्ट्याउाछन्, ‘२०५५–०५६ सालमा मेरो शरीर भौतिक र शारीरिक रूपमा कमजोर थिएन, त्यो बेला ममा काम गर्ने ठूलो जोश थियो । त्यसकारण पनि दिगो ज्यान दिएर पुस्तक निकाल्ने काममा सक्रिय भएा ।’
पुस्तकका लागि पाण्डुलिपी तयार गर्नु अघि बुलुले सुरुवातमा परिचय खुल्ने किसिमको फाराम बनाएर करिब एक हजार जना गायक तथा संगीतकारलाई भर्न दिएका रहेछन् । हजार जना गायक तथा संगीतकारलाई भर्ना दिए पनि करिब ५ सय जनाले त्यो भरेर बुलुलाई नै फिर्ता गरेछन् । ‘पााच सयजनाको त तयार भयो तर प्रकाशन गर्ने संस्था नै पाइन, पुस्तक निकाल्न त्यो बेला करिब डेढ लाख रुपैंयाा जति लाग्थ्यो, त्यो पैसा पनि जुटाउन समस्या भयो,’ उनले भने, ‘मैले संगीतकर्मीको पुस्तक निकाल्दैछु भन्ने थाहा पाएपछि गीतकार दिनेश अधिकारीले गीतकारको पनि राख्नुपर्‍यो भन्नुभयो, उहााको भनाइलाई सोच्दा यो कुरा पनि सही हो भन्ने लाग्यो र गीतकारको पनि राखे, गायक, संगीतकार र गीतकारको राखेपछि वाद्यवादकको पनि राख्नुपर्ने कुरा आयो, सबैजनाको परिचय पुस्तकमा राख्दा पुस्तक त निकै मोटो पो बन्यो ।’
संगीतको शुभारम्भ कालदेखिकै स्रष्टाहरुलाई पुस्तकमा स्थान दिने योजना अनुरुप उनले मल्लकालीन, लिच्छवीकालीन अवस्थासम्म पुगे । त्यो बेला स्थापना गरिएका सांगीतिक गुठीलाई पनि उनले पुस्तकको स्रोतको एउटा आधार बनाए । त्रिभुवन विश्वविद्यालयबाट नेप्लिज कल्चर हिस्ट्री एन्ड आर्कियोलोजीमा एमए र प्रयाग संगीत समिति इलाहाबादबाट एम म्युज गरेका बुलुलाई नेपालको प्राचीन संगीत र संस्कृति खोज्न खासै गाह्रो चाहिा भएनछ । ‘आदिकालीन इतिहासबाहेक दैनिक, साप्ताहिक, मासिक पत्रपत्रिकामा आएका समाचार, राणाकालीन दस्तावेजले पनि पुस्तकमा स्रष्टा अटाउन सहयोग पुर्‍यायो,’ उनले भने, ‘दार्जिलिङ, सिक्किम, सिलिगुडीलगायत स्थानमा आफौ पुगेर त्यहााका संगीतकर्मीहरुसाग सम्पर्क गरी संगीतकर्मीको सूचना लिएा भने बर्मा राजदूतावासमा काम गर्ने कृषु क्षेत्रीमार्फत इमेलमा खुराक पाएा ।’ उनले यात्राको सबै खर्च आफौ बेहोरे पनि सूचना संकलनका लागि भने प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संगीतकर्मीहरुकै सहयोग लिए । स्रष्टाको परिचय खोज्नैका लागि उनले पत्रिकामा पनि विज्ञापन निकालेका रहेछन् । दार्जिलिङका पुराना गीतकार चन्द्रमित लक्समले दार्जिलिङका स्रष्टाहरुको परिचय खुल्ने संग्रह ‘सम्झाउने’ दिादा आफूले शिरमा राखेर ढोगेको सम्झना उनलाई अझै ताजै छ ।
२०३५ सालमा रेडियो नेपालबाट लोक गीत गायकका रुपमा वैकल्पिकमा नाम निकाले पनि एक हप्तापछि उनी पूर्ण गायकको रुपमा रेडियो नेपालमा छिरे । पुराना संगीतकर्मीको अधिकांश तथ्य उनले रेडियो नेपालबाटै लिए । ‘मेरो पुस्तकका लागि रेडियो नेपाल नै ठूलो स्रोत बन्यो, संगीतकै लागि र कलाकारकै लागि पैसा खर्च गर्नु चानचुने कुरा होइन, रेडियो नेपालले संगीतकार, गायक र संगीत सम्बद्ध अन्यलाई पारिश्रमिक दिएर राख्नु कम चानचुनको कुरा होइन, त्यसकारण पनि धेरै तथ्य मैले रेडियो नेपालबाट लिएा,’ तथ्य खोजीको समय उनले सम्झिए, ‘रेडियो नेपालको लाइब्रेरीमा पुराना रेकर्डमा रहेको धुलो हटाउादै स्रष्टा खोज्दा कति समय त रुघाले निकै च्याप्यो, बिरामी परे पनि आफ्नो कामलाई कहिल्यै पनि छोडिना ।’
रोचक कुरा के छ भने पुस्तकमा करिब ६ हजार स्रष्टा समेटे पनि स्रष्टाको अगाडि उनले अलंकार शब्द प्रयोग गरेका छैनन् । आम संगीतकर्मीले नारायण गोपाललाई ‘स्वरस्रमाट’का रुपमा चिने पनि बुलुले पुस्तकमा नारायणगोपालको अगाडि ‘स्वरसम्राट’ लेखेका छैनन् । ‘नारायणगोपाल जस्तो गायक पुन: जन्मिादैन भन्ने आम संगीतकर्मीमा लागेको होला तर भविष्यमा त्यस्तै किसिमको अन्य गायक पनि आउन सक्छन् भन्ने भएर अलंकार शब्द प्रयोग नगरेको हो,’ उनले कारण खुलाए, ‘नारायणगोपाललाई ‘स्वरस्रमाट’ भनेर लेखिादा उनका समकालीनलाई के अलंकार दिने भनेर पनि कुनै पनि स्रष्टाको अगाडि अलंकार प्रयोग गरेको छुाइना, अलंकारको प्रयोगले स्रष्टामा विभेद र विखण्डन ल्याउाछ भन्ने मलाई लाग्छ ।’ पुस्तकले सबै स्रष्टालाई समेटेको उनको दाबी छ । ‘पुस्तकमा राजा, राजा समर्थक र उनका विरोधीको पनि छ, समग्रमा भन्नुपर्दा तल्लो तहको भरियादेखि महाराज सम्राट सबै तहका स्रष्टालाई पुस्तकमा समेटिएको छ ।’
उनले आफू चर्चामा आउनभन्दा पनि संगीत क्षेत्रलाई नै सहयोग पुर्‍याउन पुस्तक निकाल्नु परेको उनको बुझाइ छ । ‘बुलु मुकारुङले नेपाली संगीतका लागि ठोस काम के गर्‍यो त भन्दा अहिले नै त्यसको उत्तर नआउला तर ५० वर्षपछि चाहिा संगीतको इतिहास हेर्दा पक्कै मेरो नाम पनि जोडिनेछ ।’ उनी भन्छन् । गत कार्तिकमा प्रकाशन भएर चैत्र ६ गते सार्वजनिक भएको पुस्तकको अर्को संस्करणका लागि बुलुले नयाा आएका संगीतकर्मीको टिपोट सुरु गरिसकेका छन् । वृद्ध चरणको उमेर पनि स्रष्टा खोज्न व्यस्त बुलु अरू कोहीले आफ्नो काम गरिदिए आफ्ना लागि खुसीको कुरा हुने जनाउाछन् ।
२०६०/०६१ को समयमा किताबको काम गरिरहादा उनी अमेरिका गएका थिए । त्यहाा उनलाई बस्न धेरै प्रस्ताव आए पनि पुस्तककै मायाको कारण त्यहााको सुखद प्रस्तावलाई अस्वीकार गर्दै नेपाल नै फर्किए । ‘अहिले पनि म त्यो प्रस्ताव स्वीकार्न सक्दिना ।’ उनले भने ।
पाल्पा बुक्सले प्रकाशन गरेको यो पुस्तकको पहिलो खण्डमा इतिहास–अभिलेखकभित्रका संगीतकर्मी, इतिहास उत्खननका लागि, आरम्भकालीन सुरकर्मी, २००० सालपछिका संगीतकर्मी, २०४० पछिका सुरकर्मीहरु, २०४० पछिका अन्य सुर संगीतकर्मी शीर्षकमा स्रष्टाको परिचय प्रस्तुत गरिएको छ भने दोस्रो खण्डमा नेपाली संगीत क्षेत्रमा गीतकार, गीतकार दोस्रो लहर, राजनीतिक परिवर्तनका लागि संगीतकर्मी, आधुनिक बाजा र संगीत, सिक्किम, दार्जिलिङ, असम, भुटान, बर्मा क्षेत्रका संगीतकर्मी र अन्य संगीतकर्मी शीर्षक छन् । त्यस्तै तेस्रो खण्डमा शास्त्रीय संगीत (गायन/वादन), शास्त्रीय संगीततर्फ बढ्दै संगीतकर्मी, बाासुरी वादक, ताल वादक र अन्य तालवादक शीर्षक छ भने चौथो खण्डमा लोकगीत गायक/संकलक, लोकगायन र सारंगीवादन, पााचौा खण्डमा भक्ति संगीत, हास्यव्यङ्ग्य गायन/अभिनय, नेपाली गीतगायनमा विदेशी कलाकारहरु, सांगीतिक समूह/व्यान्ड, नेपाली लोकबाजा संकलक/निर्माणकर्ता/परम्परागत नृत्य, गीत संगीत/नाटक/जनसंस्कृतिको उत्थानमा संस्था र अन्त्यमा थपिादै गएका केही संगीतकर्मी रहेको छ । पुस्तकमा प्राय: सबै स्रष्टाको तस्बिर पनि रहेको छ । बुलुका अनुसार पुराना फोटोहरु सम्पादन गर्नै ज्ञानेश्वर उदय र विपना महर्जनलाई दुई वर्ष लागेको थियो ।
पुस्तक प्रकाशनमा आइसकेपछि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले चासो देखाए पनि आफूले संगीतको इतिहास प्रकाशन गरिदिन अनुरोध गरेको बुलुले खुलाए । ‘अब हामी नयाा वर्षदेखि यसको अंग्रेजी संस्करणको लागि काम सुरु गर्दै छौा,’ उनले भने, ‘यसैको उल्था गर्नुपर्ने भएकाले पनि एक वर्ष समय लाग्नेछ, अंग्रेजी संस्करणमा संशोधनसहित नयाा सर्जकहरु पनि थपिनेछन् ।’ पुस्तकको विज्ञ विचार खण्डमा प्रा.डा. रामदयाल राकेशले पुस्तकलाई नेपाली संगीतको ‘इन्साइक्लोपेडिया’ नै भनेका छन् ।
२०५४ मा रेडियो नेपालको संगीत प्रबद्र्धन समितिको सदस्य सचिव भएका बुलु २०६१ मा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभासद् र २०६८ मा संस्कृति मन्त्रालयअन्तर्गतको संगीत प्राज्ञ छनोट समितिको सदस्य पनि हुन् । ‘नेपाली संगीतको अभिलेख’ सहित दर्जन बढी कृतिका कृतिकार र अहिले रेडियो नेपालमा वरिष्ठ संगीत अधिकृतका रूपमा कार्यरत बुलुले ३० वटा एल्बममा संगीत र स्वर पनि दिइसकेका छन् । गायिका कुन्ती सुन्दास (हाल मोक्तान)साग उनले ड्युअल गाएको गीत ‘इलामे सहर चियाबारी राम्रो’ सर्वाधिक चर्चित गीत हो ।

प्रतिक्रिया