वर्तमान अवस्थाप्रति पूर्वराजाको चरम असन्तुष्टि

King-Gyanendra-Shahकाठमाडौं, ३० चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनता यतिखेर चरम चिन्ता, निरासा, वाधा, वेदना र वितृष्णाको स्थितिमा रहेको बताएका छन् ।

नयाँ वर्ष २०७२ सालको पूर्वसन्ध्यामा आज शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले मुलुकमा अशान्ति र असुरक्षा रहेको बताएका हुन् ।

‘नियत र नियतीले जतिनै निरासा, कुण्ठा तथा वेदना बनाए पनि स्वाभिमानी नेपाली जनताले अव आफ्नो राष्ट्र र राष्ट्रिय भविष्यका निम्ति जागरुक बन्नुपर्ने वास्ताविकता अहिलेको काल वेला हो’, उनको सन्देशमा भनिएको छ ।

समय गतिमान हुनेभन्दै पूर्वराजा शाहले भनेका छन्, ‘समय वेगवान हुन्छ र समयसन्दर्भ वलवान हुन्छ । समयसँगै हामीले पनि हाम्रो राज्य विधि, सामाजिक स्थिति र राष्ट्रको समुन्नतीलाई निरन्तर अघि बढाउँदै जान सक्नुपर्दछ ।’

समयको लहरसँगै प्रगतिको तीव्र प्रहर पार गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका उनले वितेका वर्ष देशका निम्ती आशा अपेक्षा मुताविकको सखद्, सार्थक र उत्साहप्रद रहन नसकेको बताएका छन् ।

‘सवै मिलेर, सवैमा सामान्जस्य ल्याएर र सवैलाई समक्ष जानुपर्ने आजको यस्ता संगिन क्षणमा परस्पर निषेध, विभेद र अनमेल भै राख्नु निश्चय पनि सुखद् विषय होइन’, पूर्वराजा शाहले सन्देशमा भनेका छन्, ‘राष्ट्रको सूरक्षा, अस्तित्व, जनताको हित र सवैको सुख, शान्ति एवम् सन्तष्टि आज कता कताको कुरा भइरहेको छ ।’

उनले स्वाभिमानी नेपाली जनताले अव आफ्नो राष्ट्र र राष्ट्रि भविष्यका निम्ति जागरुक बन्नुपर्ने बताएका छन् ।

King-Gyanendra

प्रतिक्रिया