बेहोस भएर आमा र छोराको मृत्यु

Bara District

बारा, २५ चैत । बारा जिल्लामा बेहोस भएर चार वर्षीय बालकसहित आमाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामपुरुवा–२ बस्ने २१ बर्षीया अनु चौधरी र उनका ४ वर्षीय छोरा रहुल चौधरीको बेहोस भएर मृत्यु भएको हो ।

मंगलबार राति उनीहरू दुवै जनालाई आफ्नै घरमा बेहोस भएको अवस्थामा फेला पारिएको थियो ।

बेहोस फेला परेका उनीहरूलाई तत्काल उपचारका लागि पारस लाईफकेयर अस्पताल कोल्वी लगिएको थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रहरीले आमा छोराको मृत्यु भएको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया