स्थायी शिक्षक विज्ञापनको महासंघद्वारा विरोध

Teacher-Sikshyaकाठमाडौं, २५ चैत । शिक्षक सेवा आयोगले स्थायी शिक्षकको लागि विज्ञापन आह्वान गरेकोमा शिक्षक संगठनहरूले आपत्ति जनाएको छ ।

शिक्षक संगठनहरूको छाता संगठन नेपाल शिक्षक महासंघले सरकार र आयोगसँग गरिएको सहमति विपरीत विज्ञापन आह्वान गरेको भन्दै आपत्ति जनाएका हुन् । महासंघले विज्ञप्ति जारी गरेर विज्ञापन खारेजी नगरे आन्दोलनको चेतावनी दिएको छ ।

मंगलबार आयोगले खुला प्रतिस्पर्धाबाट माध्यमिक र निम्न माध्यमिक तहका लागि तीन हजार २ सय ४९ शिक्षकको स्थायीको लागि विज्ञापन गरेको थियो ।

महासंघका अध्यक्ष केशव निरौलाले २०६३ वैशाख १० यताको खाली दरवन्दीमा अस्थायी शिक्षकलाई व्यवस्थापन गर्ने सरकारसँग सहमति भएकाले उल्लंघन गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया