बलात्कारीलाई तेह्र वर्ष कैद सजायको फैसला

No Rapeधनगढी, २४ चैत । जिल्ला अदालत कैलालीले बालिका बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका गोदावरी गाविस–३ का जगुवा पार्कीलाई १३ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

अदालतका अतिरिक्त जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले उक्त फैसला सुनाएकोे हो । चौध वर्षमुनिकी बालिकालाई बलात्कार गरेको अभियोगमा बलात्कारको महलबमोजिम आठ वर्ष कैद सुनाएको जनाइएको छ ।

पीडित बालिका अपाङ्गसमेत भएकाले सोही ऐनबमोजम थप पाँच वर्ष कैदसमेत गरी पार्कीलाई १३ वर्ष कैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश भट्टले बताउए । जिल्ला अदालतमा पार्कीविरुद्ध गत माघमा मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया