दोहोरी गीतमा नेपाली दोहोरी पहिलो

Folk-Winner

काठमाडौं । ‘अन्तर–दोहोरी साँझस्तरीय रोयल सुज दोहोरी गीत रनिङ सिल्ड’ नयाँबसपार्कस्थित नेपाली दोहोरी साँझले जितेको छ । उपाधिसँगै नेपाली दोहोरीले ७७ हजार ७७७ रुपैयाँ नगदसहित सिल्ड प्राप्त गर्यो ।

लोक तथा दोहोरी प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा बागलुङ कालिका दोहोरी साँझ बसपार्कले दोस्रो स्थान हासिल गर्दै ५५ हजार ५५५ र लजालु दोहोरी साँझ बिजुलीबजारले तृतीय स्थान हासिल गर्दै ३३ हजार ३३३ रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा राजु केसी र डिला विक उत्कृष्ट गायकगायिका घोषित भए भने उत्कृष्ट वेषभूषाको सम्मान मायालु दोहोरी साँझले पायो । कलाकारको अनुशासनमा पुरुषतर्फ रिमझिम दोहोरीका श्रीराम अधिकारी र महिलातर्फ लजालु दोहोरीकी चिनु घर्ती उत्कृष्ट बने ।

प्रतियोगितामा २७ वटा दोहोरी साँझका टोली सहभागी थिए भने फाइनलमा ७ खेल अर्थात् १४ टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङसहित नारायण रायमाझी, रमेश बीजी, बद्री पराजुली, दुर्गा रायमाझी, रामचन्द्र अर्याल, तेजबहादुर केसी, शर्मिला गुरुङलगायत निर्णायकमा थिए ।

कार्यक्रममा लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिसहित ७ वटा समन्वय समितिले लोकदोहोरी प्रतिष्ठान कलाकार कल्याणकारी कोषलाई ५१ हजार १५१ नगद सहयोग प्रदान गरेका थिए ।

प्रतिक्रिया