विष्णु बनिन् मिस लिम्बू

Miss-Limbu

काठमाडौं । याक्थुङ युथ एसोसिएसनले राजधानीमा आयोजना गरेको ‘बराह ज्वेलरी मिस लिम्बू सिजन ३’को उपाधि विष्णु चेम्जोङले चुमेकी छन् ।

राष्ट्रिय नाचघरमा आइतबार आयोजित फिनालेमा १७ प्रतियोगीलाई पछि पार्दै विष्णुले विधागततर्फको ‘मिस बेस्ट स्माइल’सँगै नगद ५० हजार रुपैयाँ पनि प्राप्त गरिन् । त्यस्तै, प्रतियोगितामा मेरिना चेम्जोङ फस्ट, संगमा खापुङ सेकेन्ड रनरअप बन्दै क्रमशः नगद २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । संगमाले ‘मिस पङ्चुअल’ विधाको अवार्ड पनि जितिन् । प्रतियोगितामा सिर्जना लिवाङ चौथो र आङसाङ इस्पो पाँचौं बनिन् । सिर्जनाले ‘मिस पर्सनालिटी’ विधाको अवार्ड पनि जितिन् ।

विधागत अवार्डतर्फ स्मेना आवाजुङ ‘बेस्ट ड्रेस’, अनिसा बोखिम ‘मिस चार्मिङ’, कल्पना स्पो ‘मिस ट्यालेन्ट’ घोषित भए । प्रतियोगीलाई जयन सुब्बा मानन्धरले कोरियोग्राफी गरेकी थिइन् ।

प्रतिक्रिया