‘शिक्षा क्षेत्रमा चौतर्फी आक्रमण’

नुवाकोट, २१ चैत । परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको शिक्षा क्षेत्र तहसनहस बनाउन चौतर्फी आक्रमण भइरहेको बताएका छन् ।

नेपाल बुद्धीजीवी परिषद् नुवाकोटको छैठाँै जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष गरी शिक्षामा आक्रमण गरिरहेको आरोप लगाए ।

“नेपालको शिक्षा काम लाग्दैन । भ्रष्टाचारको अखडा हो भन्ने सन्देश दिने काम भएको छ । उपकुलपतिदेखि कार्यालय सहयोगी समेत त भ्रष्टाचारी हुँदैन होला नि ?”, ¬मन्त्री पाण्डेले भने ।

उनले डा गोविन्द केसीको अनसनलाई लक्षित गर्दै नेपालका सयौं विद्यार्थी विदेशमा गएर पढ्न बाध्य बनाउने र नेपालमा पढ्न खोज्नेहरूलाई अवरोध गर्ने काम भएको टिप्पणी गरे ।

अधिवेशनले शिवकुमार मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । समितिको उपाध्यक्षमा रामहरि रिमाल, सचिवमा दिपेन्द्र श्रेष्ठ, सहसचिवमा भेषराज रिमाल र कोषाध्यक्षमा राजेन्द्र दवाडी चयन भएका छन् ।

प्रतिक्रिया