रौतहट, २१ चैत । सशस्त्र प्रहरी बलको गाडीले ठक्कर दिएपछि ज्यान गुमाएका एक स्थानीयका परिवारलाई क्षतिपूर्तिको माग गर्दै गाउँलेले प्रहरी कार्यालय घेराबन्दी गर्दा आज दोहोरो झडप भएको छ ।
आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा सात जना प्रहरी र चौध जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाउँ चौध जना आन्दोलनकारी घाइते भएका हुन् ।
आन्दोलनकारीले मृतकलाई सहिद घोषणा, क्षतिपूर्तिको माग, न्यायिक समिति गठन, मानव अधिकारको उल्लंघन गर्ने प्रहरीमाथि कारबाहीलगायत पाँचबुँदे माग प्रस्तुत गरेका छन् ।
प्रतिक्रिया