राष्ट्रिय लिग फुटबल पुनः आजदेखि

All_Nepal_Football_Association anfa

काठमाडौं, २० चैत । राष्ट्रिय लिग फुटबल प्रतियोगिता आजदेखि पुनः सञ्चालन हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको प्रतियोगिताअन्तर्गत शुक्रबार अपराह्न ३ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल प्रहरीले झापा फुटबल क्लबको सामना गर्नेछ ।यसअघि दुवै टोली समान १–१ खेल खेलमा पराजित हुँदै अंकविहीन छन् ।

थ्री–स्टार क्लब ६ अंकका साथ लिगको शीर्ष स्थानमा तथा समान खेल खेलेको मनाङ मस्र्याङ्दी क्लब ६ अंककै साथ गोल अन्तरका आधारमा दोस्रो स्थानमा छन् ।सशस्त्र प्रहरी बल (एपीएफ) ४ अंक जोड्दै तेस्रो स्थानमा तथा समान अंक जोडेको नेपाल आर्मी क्लब गोल अन्तरका आधारमा चौथो स्थानमा छन् ।

होम एन्ड अवेका आधारमा प्रतियोगिताका खेल काठमाडौं उपत्यकाबाहिर कैलाली, रुपन्देही, झापा र मोरङमा पनि सञ्चालन गरिनेछ । माघ ७ गतेदेखि सञ्चालित उक्त प्रतियोगिता बीचको अवधिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएका कारण एन्फाले स्थगन गरेको थियो ।

प्रतिक्रिया