काठमाडौं । त्रिचन्द्र कलेजमा आवद्ध विद्यार्थीले गठन गरेको वी.पी. मेमोरियल फाउण्डेशनले आगामी वैशाख ३ गते ‘मिस्टर एण्ड मिस त्रिचन्द्र २०१४’ आयोजना गर्ने भएको छ ।
फिल्म निर्देशक हेमराज बिसी, कलाकार यशराज गरच, मोडल तथा फिटनेश कोच विक्की खड्गी एवम् मोडल प्रवल गौतमको निर्णायक टोलीले १८ महिला र १८ पुरुष गरी ३६ जना विद्यार्थीलाई पहिलो चरणको अडिसनबाट छनौंट गरिसकेको छ ।
आयोजक संस्थाका अध्यक्ष प्रेमराज जोशीका अनुसार हाल सहभागीले विभिन्न विषयमा प्रशिक्षण लिइरहेका छन् ।
जोशीले आगामी दिनमा ‘मिस एण्ड मिस्टर युनिभर्सिटीको पनि आयोजना गर्ने बताए ।
प्रतियोगिताको व्यवस्थापन आर एस गु्रप ईन्टरटेन्टमेन्टले गरेको हो ।
प्रतिक्रिया