जब उनले ‘महिनावारी’को….सार्वजनिक गरिन् (तस्बिरसहित)

लन्डन । भारतीय मुलकी क्यानेडियन नागरिक रुपी कौरको एउटा तस्बिर विश्वभर चर्चाको विषय भएको छ । लेखिकासमेत रहेकी रुपीले सामाजिक सञ्जाल इन्स्टाग्राममा महिनावरी भएको तस्बिर राखेपछि अहिले चर्चा भएको हो ।

उनले महिनावरी हुँदा निस्किएको रगतले भिजेको ट्राउजर र ओछ्यानको तस्बिर इन्स्टाग्राममा राखेकी थिइन् । उनको यो तस्बिरलाई इन्स्टाग्रामले दुई पटकसम्म हटाइ दिएको थियो । तस्बिर हटाएपछि रुपी इन्स्टाग्रामविरुद्ध गएकी थिइन् ।

Rupi Kaurसामाजिक मान्यताविपरित रुपीले महिनावारी हुँदाको तस्बिर राखेको भन्दै इन्स्टाग्रामले उनको तस्बिर हटाएको जनाएको छ । तर रुपीले यस विषयमा इन्स्टाग्रामसँग आपत्ति जनाएपछि बाध्य भएर इन्स्टाग्रामले माफीसहित महिनावारी हुँदा रगतले भिजेको ट्राउजर र ओछ्यानको तस्बिर राखेको थियो ।

क्यानाडाको टोरन्टो निवासी रुपीले इन्स्टाग्रामलाई सामाजिक गाइडलाइन उल्लंघन नगरेको स्पष्टीकरण दिएकी थिइन् । त्यसपछि सो तस्बिरले इन्स्टाग्राममा स्थान पाएको थियो ।

उनको त्यस तस्बिरलाई इन्स्टाग्राममा ‘यस्तो तस्बिर पोस्ट गर्नु कुनै आवश्यक्ता छैन, किनभने आउने समयमा अब विश्वलाई महिलाहरूको आवश्यक्ता पर्ने छैन । हामीहरूले हाम्रा बच्चा प्रयोगशालामा जन्माइ पाल्ने छौं, त्यही कारण महिनावारीको चर्चा गर्नु आवश्यक छैन’ भन्ने प्रतिक्रिया आएको थियो ।

Rupi Kaur 1रुपीका अनुसार इन्स्टाग्राममा उनको तस्बिरलाई हेरेर एक पुरुष व्यक्तिले ज्यानमार्नेसम्मको धम्की दिएको बताएकी छिन् । उनले यस तस्बिरलाई लिएर यति धेरै हङ्गामा हुन्छ भनेर नसोँचेको समेत बताएकी छिन् ।

लेखिका रुपीले महिलाको महिनावारी हुने प्राकृतिक नियमलाई लुकाएर राख्न नहुने जनाएकी छिन् । उनले त्यही कारण महिनावारी हुँदा रगतले भिजेको ट्राउजर र ओछ्यानको तस्बिर सार्वजनिक गरेको दाबी गरिन् ।

रुपी तीन वर्षको उमेर हुँदा भारतको पञ्जाबबाट क्यानडा आएकी थिइन् । महिनावारी भएका बेला गुरुद्वारा प्रवेशमा रोक लगाएको प्रति पनि उनले आक्रोश व्यक्त गरेकी छिन् ।

‘माहवारीसँग जोडिएको तस्बिर सार्वजनिक गरेदेखि विभिन्न व्यक्तिले धेरै थरीका कुरा भनेका छन्’, रुपीले भनेकी छिन्, ‘यो विवादपछि मानिसहरूले मलाई पुत्ला सरह हेर्ने गरेका छन् । मलाई कुनै फरक पर्दैन ।’

(बीबीसीको सहयोगमा)

प्रतिक्रिया