काठमाडौं । वैशाखको पहिलो साताबाट शूटिङका लागि फ्लोरमा जाने फिल्म ‘क्लासिक’ले म्युजिक इन्सर्टको काम सुरू गरेको छ ।
इन्सर्टसँगै औपचारिक रुपमा फिल्मको काम पनि आरम्भ भएको छ ।
सुवास इन्टरटेनमेन्ट र आर्यन सिग्देल इन्टरटेन्टमेन्टले संयुक्त रुपमा निर्माण गर्न लागेको ‘क्लासिक’ले सांगीतिक पक्षलाई प्राथमिकता दिएको छ ।
दुबै इन्टरटेनमेन्टले यसअघि फिल्म ‘नोभेम्बर रेन’ निर्माण गरेका थिए । जुन व्यावसायिक रुपमा सफल भएका छन् ।
काठमाडौंको सिनेजोन स्टुडियोमा संगीतकार ताराप्रकाश लिम्बुसहित निर्देशक दिनेश राउत, निर्माताद्वय सुवास गिरी र कमल गिरी, गायक युवराज चौलागाईं, गायिका मेलिना राई, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ, एसोसियट निर्देशक विकास सुबेदी, एरेञ्जर राजन इशानलगायतको टोलीले पूजा गर्दै म्युजिक इन्सर्टको काम गरेका हुन् ।
संगीतकार लिम्बुले अघिल्लो फिल्मको सफलतालाई दोहोर्याउन आफूले संगीतमा निकै मेहनत गरेको बताए । सांगीतिक प्रेमकथा रहने ‘क्लासिक’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठले रोमान्स गर्दैछन् ।
यसअघिको ‘नोभेम्बर रेन’मा पनि यो जोडी दर्शकमाझ आएका थिए । फिल्ममा दयाहाङ् राईको समेत अभिनय रहनेछ । फिल्ममा लेखक छेतन गुरुङको छ ।
प्रतिक्रिया