काठमाडौं, १७ वैशाख । नेपालमा महाभूकम्पको विपत्तिले तड्पाइ रहेका बेला छिमेकी भारतले भने उद्धारका नाममा आफ्ना शत्रु मुलुकहरूविरुद्ध ‘कु’ प्रचारवाजी ज्यान छाडेर लागेको छ ।
भारतले आफ्ना ठूला सञ्चारगृहहरूलाई प्रयोग गरेर विशेष गरी चीन र पाकिस्तानविरुद्ध विषवमन गरीरहेको छ । चीन र पाकिस्तानबाट आएका राहतलाई भारतले विभिन्न आक्षेपहरू लागाएर अस्वीकार गर्न बाध्य बनाइरहेको आरोप लागेको छ ।
भारतीय सञ्चारमाध्यम ‘इण्डिया टूडे’ गु्रपअन्तर्गतको ‘आजतक’ टेलिभिजनले चीन र पाकिस्तानविरुद्ध विषवमन गरेको हो । उसले पाकिस्तानले उपलब्ध गराएको राहतका सामाग्रीलाई गाईको मासुभन्दै भ्रामक समाचार सम्प्रेषण गरिहेको छ ।
आजतक टेलिभिजनको अनलाइन संस्करणका अनुसार पाकिस्तानले उपलब्ध गराएको खानेकुरा नेपालीहरूले हातसम्म नलगाएको दाबी गरेको छ । जबकी पकिस्तानले पठाएका राहतका सामाग्री सरकारले स्वीकार गरी पीडित समक्ष पठाइ सकेको छ ।
पाकिस्तान र चीनको भन्दा पनि उद्धारका नाममा भारतका तर्फबाट भएका गैरकुटनीतिक क्रियाकलापको विरोध भइरहेको छ ।
नेपालमा अधिकांश हिन्दूहरू बस्छन् भन्ने कुरा पाकिस्तानलाई राम्रोसँग थाहा छ । यो जान्दाजान्दै पनि हिन्दू राष्ट्रमा पाकिस्तानले ‘विपतको बेला गाईको मासु पठाउँछ’ भन्ने सोँच्नु नै पाप हुनेछ ।
आजतकले बीर अस्पतालमा कब्जा जमाएर बसेका भारतीय डाक्टरको हवाला दिँदै मंगलबार वितरण गरिएको पाकिस्तानको राहत प्याकेटमा गाईको मासु रहेको आक्षेप लगाएको छ । समाचारको आधिकारिक पुष्टि हुने आधार कुनै पनि छैन ।
बीर अस्पतालमा सहयोगका नाममा अहिले ३४ सदस्सीय भारतीय चिकित्सकहरूको हालीमुहाली छ । सोही सदस्य दलका भारतीय डा. बलविन्दर सिंहले भनेका छन्, ‘जब हामी खाद्य सामग्री लिन एयरपोर्ट पुग्यौं । तब बीफ मसाला (गाईको मासु)को पैकेट पनि देखेका थियौं ।’
डा. सिंहलाई उदृत गर्दै आजतकले पाकिस्तानले गाईको मासु पठाएको विषयमा धेरै नेपालीहरूलाई जानकारी नरहेको जनाएको छ ।
आजतकले यस विषयमा भारतले प्रधानमन्त्री सुशील कोइराला र गुप्तचर प्रमुखलाई जानकारी दिइसकेको जनाएको छ । नेपालको आन्तरिक विषयमा भारतले किन हस्तक्षेप गरेको छ भन्ने विषय स्वयं भारतको नजिक रहन रुचाउने नेपाली राजनेताहरूले बुझेका छैनन् । उनीहरू पनि पाकिस्तानले नेपालमा गाईको मासु पठाउँछ भन्ने समाचार र हल्लाको खण्डन गर्छन् ।
चीन र पाकिस्तानले कुनै प्रचारबिनै उद्धारमा सक्रिय भइ खटिएका छन् । उनीहरूले भारतीय पक्षले भन्दा धेरै काम गरेका छन् । यो विषय भारतलाई नपचेको जानकारहरूको बुझाइ छ ।
उता, पाकिस्तानले भने नेपालमा गाईको मासु पठाएको विषयमा अस्वीकार गरीसकेको छ । स्वयं आजतकका अनुसार पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता तसनीम असलमले यस विषयमा आफूलाई थाहा नभएको जनाएकी छन् ।
भूकम्प पीडितहरूको उद्धारका नाममा दलबलसहित नेपाल प्रवेश गरेको भारतले नेपालमा चीन र पाकिस्तानको उपस्थिति रुचाएको छैन । भारतले चीनबाट आएको उद्धार टोली र सहायताका सामाग्रीलाई पनि नलिन नेपाल सरकारलाई दवाव दिएको स्रोतको भनाइ छ । भारतलाई नेपालमा चीन र पाकिस्तानको उपस्थित मन परेको छैन ।
चीन र पाकिस्तानले कुनै प्रचारबिनै उद्धारमा सक्रिय भइ खटिएका छन् । उनीहरूले भारतीय पक्षले भन्दा धेरै काम गरेका छन् । यो विषय भारतलाई नपचेको जानकारहरूको बुझाइ छ ।
काठमाडौंबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकले पनि भारतले उद्धारका नाममा जासुसी गरेको भन्दै आलोचना गरीसकेको छ । पाकिस्तान र चीनको भन्दा पनि उद्धारका नाममा भारतका तर्फबाट भएका गैरकुटनीतिक क्रियाकलापको विरोध भइरहेको छ ।
‘भारतले सैनिक हेलिकप्टरहरूमा आफ्ना मुलुकका पत्रकारहरूलाई घुमाइ तस्बिर र फुटेज लिन सहयोग गर्ने, चीन र पाकिस्तानविरुद्ध विषमवन गराउन लगाउने, उद्धारभन्दा प्रचारमा बढी सक्रिय हुने गतिविधि गरेको छ’, एक जना उच्च सुरक्षा अधिकारीले भने ।
उद्धारमा हेलिकप्टर अभाव भएको समाचार प्रकाशित भएपछि चीनले सहयोग गर्छभन्दा भारत कै दवावमा सहयोग लिन नेपाल सरकारले अस्वीकार गरेको आरोप लागेको छ ।
प्रतिक्रिया